सौराहामा हात्ती महोत्सव
चितवन हात्ती महोत्सव सौराहामा सुरु भएको छ ।
सम्प्रभुतामा प्रश्न उठ्ने गरी सम्झौता भएको छैन
सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेकको सम्बन्धमा भारत र चीनबिच हालै भएको सहमति नेपालको सम्प्रभुता र नक्सामाथि प्रभाव पार्ने किसिमको नभएको बताउनुभएको छ ।
अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन शुल्क नलाग्ने
कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ ।
अनियमितता पुष्टि भएन
विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी राख्ने कार्यमा बदनियत राखेर सुन हिनामिना गरेको भन्ने कुनै पनि वस्तु, तथ्य र प्रमाणबाट पुष्टि नहुने फैसला गरेको छ ।
दराजमै थन्क्याइए ‘इनोभेटिभ आइडिया’
सरकारले सार्वजनिक प्रशासनमा नागरिकले अनुभूति गर्ने गरी परिवर्तन ल्याउन निजामती कर्मचारीसँग भएका नवप्रवर्तनशील अवधारणा (इनोभेटिभ आइडिया) लाई कार्यान्वयन गर्ने गरी चार वर्षमा १६ वटा उत्कृष्ट इनोभेटिभ आइडिया सङ्कलन ग¥यो तर ती आइडिया अहिले दराजमा थन्किएका छन् ।
पोष्ट हार्भेष्ट व्यवस्थापनबारे कार्यशाला
कोशी प्रदेशमा कृषि प्रणालीलाई सुधार गर्न र कृषकको आयवृद्धि गर्न पोस्ट–हार्भेस्ट व्यवस्थापन महत्वबारे छलफल गर्न मण्डला एग्रिफ्रेशद्वारा एकदिने प्रादेशिक कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
हात्ती महोत्सवमा–आफ्नो भेषभूषामा थारु महिला
चितवनको सौराहामा बिहीबारदेखि सुरु भएको १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव– २०८१ मा आफ्नो भेषभूषामा सहभागी हुँदै थारु समुदायका महिला ।
कृषिउपज सामग्री बिक्री गर्न महोत्सव
किसानलाई पेशाबाट पलायन हुनबाट जोगाउन तनहुँमा महोत्सव हुने भएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्नेक्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गर्नु परेको आयोजक तनहुँ उद्योग वाणिज्य सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
तानसेन–१, लाई मेयर कप उपाधि
तानसेन नगरपालिकाद्वारा सञ्चालित ‘मेयर कप फुटबल’ को उपाधि तानसेन–१ ले हात पार्न सफल भएको छ । बिहीबार तानसेनको टुंडिखेल मैदानमा भएको प्रतियोगितामा तानसेन –१ ले तानसेन –९ को समूहलाई ३–२ गोल अन्तरले हराएको हो ।
गोरखापत्रकर्मी कोइरालासहित चार पत्रकार पुरस्कृत
सञ्चार क्लव नेपाल उर्लाबारीले २१ ओैं साधारणसभाको अवसर पारेर चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
पर्यटन प्रबर्द्धन गर्न लुम्बिनीमा शान्ति पदयात्रा
भगावन बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रबद्र्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ ।
सङ्घीय सरकारले जे भन्छ त्यही गर्न बाध्य छौं : मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणले सङ्घीय सरकारले जे भन्छ त्यही गर्न आफूहरू बाध्य भएको बताउनुभएको छ ।
केबलकार सञ्चालनका लागि निर्माण सुरु
कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार सञ्चालनका लागि निर्माण सुरु गरिने भएको छ ।
छत्रकोटमा राष्ट्रपति रनिङ शिल्ड हुने
गुल्मीको छत्रकोट गाउँपालिकाले सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
सीबीआर परियोजना स्थानीय तहलाई हस्तान्तरण
जिल्लाको दुई वटा स्थानीय तहमा सञ्चालित समुदायमा आधारित पुनःस्थापना (सीबीआर) परियोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
कृषि विकास बैंक लहान शाखामा तालाबन्दी
चार दिन अगाडि कृषि विकास बैंक लहान शाखामा पुगेका किसानहरुलाई आज बिहीबारसम्म जग्गा फिर्ताको लागि पहल गरिने आश्वासन अनुसार फिर्ता गराउने कुनै पहल नभएपछि आक्रोशित किसानहरुले तालाबन्दी गरेको स्थानीय किसान नेता बालेश्वर यादवले बताउनुभयो ।
'खानेपानीको अभाव हुन दिने छैनौँ'
तानसेन खानेपानी उपभोक्ता समिति तानसेन पाल्पाले पछिल्लो समयमा नगरका कुनै पनि घर होटल व्यवसायी, सर्वसाधरण, संघ संस्था, अस्पताललाई पानीको अभाव हुन नदिने गरी काम गर्न थालेको जानकारी दिएको छ ।
बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिनको अभाव
बर्दियाका विभिन्न स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिनको अभाव भएको छ ।
लागुऔषध सेवन गरी सवारीसाधन चलाउने तीन पक्राउ
सवारीसाधन चालकहरूले लागुऔषध पदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको सूचनाका आधारमा प्रहरीले तीन चालकलाई पक्राउ गरेको छ ।
घोक्सिला खोलामा पक्की पुल निर्माण सुरु
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ र ७ लाई जोड्ने घोक्सिला खोलामा ७० मिटर लामो पक्की पुल निर्माण सुरु गरिएको छ ।
अन्नपूर्णको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
करोडौं रुपियाँ खर्चिएर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन भएको छ ।
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो ।
स्याउको रुख काँटछाँट गर्दै किसान
मुस्ताङ, पुस ११ गते । स्याउको राजधानीको रुपमा परिचित मुस्ताङमा हिउँदे याम सुरु भएसँगै स्याउको रुख काँटछाँट गर्न व्यस्त किसान। तस्बिरः रासस
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
नयाँवर्ष २०२५ को पूर्वसन्ध्यामा कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा १२ औँ भेडेटार ‘फुड फेस्टिभल’ आयोजना गरिने होटेल सङ्घ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले राससलाई जानकारी दिनुभयो ।