मानव सेवा आश्रमका असहायलाई सिरक बितरण
गत केही दिन यता बढ्दै गएको जाडोलाई ध्यानमा राखेर गोपाल निना फाउन्डेसन बाँकेले यहाँस्थित मानव सेवा आश्रममा रहनु भएका ५२ असहायहरुलाई न्यानो सिरक र लुगा बितरण गरेको छ ।
सञ्चारमाध्यम विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्छ
विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सुचिकृत नभएका सञ्चारमाध्यमलाई विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको समन्वयमा विज्ञापन बोर्ड र स्थानीयस्तरमा सञ्चालित सञ्चारमाध्यमबिच बुधबार तम्घासमा भएको अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।
जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
स्थानीय सामुदायिक वनमा दाउरा खोज्न गएकी झापा कचनकवल गाउँपलिका –७ की ३५ बर्षीय महिला केलावती राजवंशीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
मोरङमा हात्ती आतङ्क
मोरङको उर्लाबारी ४ थापाडाँगी र आसपासका गाउँमा रातभर हात्तीले दु:ख दिन थालेको छ ।
चिसोले जनजीवन प्रभावित
महोत्तरी जिल्लामा तीन दिनदेखि बढ्दै गएको चिसोको कारणले जनजीवन प्रभावित बनेको छ ।
हिउँदे विपद्का लागि तयारी अवस्थामा मुस्ताङ
हिउँदको समयमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुनै पनि अवस्थामा चनाखो रहने जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङले निर्णय गरेको छ ।
चिसो बढेसँगै मध्यतराईको जनजीवन कष्टकर
विगत एक सातादेखि अत्यधिक चिसो बढेसँगै मध्य तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ ।
जलवायु परिवर्तनको मारमा मनाङका किसान
जलवायु परिवर्तनले गर्दा मनाङका किसानहरू मारमा परेका छन् ।
मल्कबाङ गाउँ
छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा अवस्थित मल्कबाङ गाउँ ।
पुस २४ देखि ऐतिहासिक निसान पदयात्रा
नेपाल एकीकरणताका पूर्वी सिमाना विजय गरेर गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको छ । आगामी पुस २४ गतेदेखि पुस २६ सम्म निसान पदयात्राको तयारी थालिएको हो ।
३१ हजार क्विन्टलभन्दा बढी धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेको किसानसँग ३१ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
बन्दीपुर भम्रण वर्षको उद्घाटन
आजबाट बन्दीपुर भ्रमण वर्ष-२०२५ को सुरु भएको छ ।
नयाँ वर्षमा जानकी मन्दिरमा भिड
अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा जानकी मन्दिरमा भक्तजनको भिड लागेको छ । आजबाट अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको हो । नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजन अंग्रेजी नयाँ वर्षको स्वागत र वर्षभर राम्रो होस् भन्ने हेतुले जानकी मन्दिरमा पूजापाठका लागि जम्मा भएका छन् ।
कांग्रेस ओखलढुङ्गाको सय दिने अभियान सम्पन्न
सङ्गठन सुदृढीकरणमा केन्द्रीत गरेर सञ्चालित नेपाली कांग्रेस ओखलढुङ्गाको सय दिने अभियान सम्पन्न भएको छ ।
निःशुल्क आँखा शिविरबाट स्थानीय लाभान्वित
कपिलबस्तुको यशोधरा गाउँपालिकामा आयोजित तीन दिने निःशुल्क आँखा शिविरबाट एक हजार बढी स्थानीय लाभान्वित भएका छन् । यशोधरा गाउँपालिका कपिलबस्तुको आयोजना र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
विपन्न परिवारलाई न्यानो कपडा
छिमेकी प्रतिष्ठान, स्याङ्जाले भीरकोट नगरपालिकामा न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले वडा ६ का विपन्न परिवारलाई ४७ थान ब्लाङ्केट वितरण गरेको हो ।
इच्छाशक्ति भएपछि काम हुँदो रहेछ : मन्त्री लेखी
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले इच्छा शक्ति भएपछि काम गर्न सकिने बताउनुभएको छ।
देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी छ : डा.शेखर कोइराला
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको बताउनुभएको छ ।
नरैनापुरमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता
बाँकेको नरैनापुर गाउँपालिकामा जिल्लास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ सुरु भएको छ । भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाउँपालिकाको सहयोगमा सञ्चालित सो प्रतियोगिताको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले उदघाटन गर्नुभयो ।
बाह्र सय क्विन्टल कोदो निर्यात
बाजुरामा केही सयम पहिला कतै बिक्री नहुने कोदो देशका विभिन्न ठाउँमा निर्यात हुन थालेको छ ।
बन्दीपुरमा पर्यटकको चहलपहल बढ्यो
पहाडकी रानी उपनामले प्रख्यात बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन स्वेदशी तथा विदेशी पर्यटकको भिड बढेको हो।
संविधान संशोधन कांग्रेसको अगुवाइमा: महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधन आवश्यक भएको भन्दै त्यसको अगुवाइ कांग्रेसले गर्ने बताउनुभएको छ । उहाँले कांग्रेस विचारले टिकेको पार्टी भएको चर्चा गर्दै देशको अहिलेको सबैभन्दा ठुलो दलमा कांग्रेस नै मूल शक्ति भएको बताउनुभयो ।
‘प्रधानमन्त्री हुँदाभन्दा अहिले सम्मान पाएको छु’
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री हुनुभन्दा प्रमुख प्रतिपक्षी दलको नेता हुँदा जनताको माया र सम्मान बढी पाएको बताउनुभएको छ ।
मधेश प्रदेशले छ सय छात्रालाई छात्रवृत्ति दिँदै
मधेश प्रदेश सरकारले सीमान्तकृत तथा विपन्न समुदायका छ सयभन्दा बढी छात्रालाई छात्रवृत्ति दिने प्रव्रिmया अघि बढाएको छ । सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्च शिक्षामा पहुँच बढाउन मधेश सरकारले छात्रवृत्ति दिन प्रव्रिmया अगाडि बढाएको हो ।