महँगीको चापमा उपभोक्ता
यता केही महिनादेखि नेपाली उपभोक्ताले महँगीको अनुभव गरिरहेका थिए ।
संविधान संशोधनको औचित्य
नेपालको संविधान, २०७२ ले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरायो ।
यस्तो छ आजका निम्ति निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छ : उपप्रधानमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषय कुनै मुलुकको मात्रै नभई विश्व्यापी साझा मुद्दा भएकाले सबै मिलेर समाधान गर्नेतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।
सात करोडको काठ वन कार्यालयमै कुहिँदै
सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ ।
विश्वविद्यालय सुधारका सूत्र
विश्वविद्यालयहरू शिक्षाको उच्च स्तरका संस्था हुन्, जसलाई ज्ञान उत्पादनको केन्द्र, आविष्कारको जननी, प्राज्ञिक कर्मथलो, आर्थिक विकासको कडी र सामाजिक न्यायको प्रतीकका रूपमा लिइन्छ ।
नेपाल भारत सीमामा आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार [पेस्तोल] को प्रयोग बढी भएको पाइएको छ । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण
सार्वजनिक सम्पत्तिमा सबैको समान हक र दायित्व हुन्छ ।
न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ प्रभावित
जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ । जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको पुस १२ गते सरुवा भएको हो । उक्त दिनदेखि अदालतमा रहेका मुद्दाको सुनुवाइ हुन सकेको छैन।
उकालोमा पसिनाको कथा
सुर्केबाट लुक्लासम्मको यात्रामा उकाला मात्र छैनन्, खुड्किला–खुड्किला परेको अप्ठ्यारो बाटो पनि छ । यो बाटोमा भारी बोक्दै उकाली चढ्नु चानचुने कुरा होइन । भारी बोक्दा थाकेर कुलुङ केही समय विश्राम गर्नुहुन्छ । त्यहीबेला लामो श्वास फेर्दै उहाँ भन्नुहुन्छ, “यो जिन्दगी सजिलो छैन ।”
विपतपछिको पुनर्निर्माणमा विलम्ब
विपत् प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपजन्य घटना हो, जसले दैनिक जनजीवन छिन्नभिन्न हुने अवस्था सिर्जना गर्छ, ठुलो धनजनको क्षति गराउँछ । नेपाल बहुप्रकोपको दृष्टिकोणबाट अति संवेदनशील विपत् जोखिम क्षेत्रका रूपमा रहेको छ ।
माछा पोखरीमा डुबेर गौचनको मृत्यु
मुस्ताङको थासाङ गाउँपालिका २ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचनको माछा पालन गर्ने पोखरीमा डुबेर मृत्यु भएको छ । गौचनको आफ्नै माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
चलचित्र साक्षरता कार्यशाला
बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई चलचित्रको आधारभूत ज्ञान र सिप सिकाउने कार्यशालाको आयोजना गरेको छ ।
मकवानपुर उवासङ्घको अध्यक्षमा रानाभाट निर्वाचित
मकवानपुर उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षमा प्रमोद सिंह रानाभाट निर्वाचित हुनुभएको छ ।
प्रयोगमा आएनन् शीतभण्डार
सिन्धुली जिल्लाका विभिन्न भागमा दातृ निकायको सहयोगमा निर्माण गरिएका शीतभण्डार प्रयोगमा आउन सकेका छैनन् ।
फल्नुअघि नै आलु बिक्री
फल्नुअघि नै तनहुँका किसानको आलु बिक्री भएको छ ।
आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका हिमपातको सम्भावना
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ ।
‘मर्क्योर’ सञ्चालनमा आउँदै
काठमाडौँको सुकेधारामा यसै सातादेखि पाँचतारे ‘मर्क्योर’ होटेल सञ्चालनमा आउने भएको छ । तीन अर्ब रुपियाँभन्दा बढी लगानीमा बनेको होटेलको व्यवस्थापन अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुप अन्तर्गतको मक्र्योर ब्रान्डले गरेको छ ।
समस्या समाधानमा सहकार्यको प्रतिबद्धता
नेपाल र भारतका वाणिज्य अधिकारीले दुई देशको व्यापारमा देखिएका समस्या समाधानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘जलवायु परिवर्तनले अर्थतन्त्रमा चुनौती’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनका कारण अर्थतन्त्रका समग्र पक्षमा चुनौती थपिन थालेको बताउनुभएको छ ।
प्रकोपले सुन्तला कृषक आम्दानीविहीन
कुनै समय निस्दी गाउँपालिका–५, बहपुरका कृषकलाई मङ्सिर र पुसमा सुन्तला टिप्न र बजार पठाउन भ्याइनभ्याइ हुन्थ्यो । लटरम्म फलेका सुन्तला बगैँचाले भरिएको बहपुरले सुन्तलापुरको पहिचान बनाएको थियो ।
खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य
अब बैङ्कमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ ।
मन्त्रीपरिषद्बाट प्रहरी विधेयक स्वीकृत
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद् बैठक स्वीकृत गरेको छ ।
आमाको दुध प्रतिस्थापन गर्ने वस्तु बिक्री
बजारमा कानुनविपरीत आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री भइरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको अनुगमनका क्रममा यस्तो पत्ता लागेको हो ।