• २८ पुस २०८१, आइतबार

मकवानपुर उवासङ्घको अध्यक्षमा रानाभाट निर्वाचित

blog

मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पद विजयी प्रमोद सिंह रानाभाट । तस्बिर: गोरखापत्र

राममणि दाहाल

हेटौँडा, पुस २८ गते । मकवानपुर उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षमा प्रमोद सिंह रानाभाट निर्वाचित हुनुभएको छ ।

सङ्घको ५८ औँ साधारण सभा तथा निर्वाचन अन्तर्गत आगामी तीन वर्षका लागि शनिवार भयको निर्वाचनको आइतबार सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार रानाभाट  एक हजार १४ मतसहित निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी अनिल अग्रवालले ७६५ मत प्राप्त गर्नुभएको छ ।

महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी र सह कोषाध्यक्ष निलम वैद्य निर्वाचित हुनुभएको निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिनुभयो । 

वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी, सचिवमा कूलप्रसाद चौलगाई तथा सदस्यहरूमा बालकृष्ण बजगाईँ, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल र राजेन्द्र लामिछाने निर्वाचित हुनुभएको छ ।

उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती, सदस्यहरूमा भूपेन्द्र अधिकारी कृष्ण गोपाल महर्जन, जगदीश दाहाल र महिला आरक्षणमा सीतादेवी भेटवाल निर्वाचित हुनुभएको सङ्घले जनाएको छ ।

एसोसियट उपाध्यक्षमा उज्ज्वल चौल गाई र सदस्यहरूमा नवराज खतिवडा र अङ्किता सुमार्गी, वस्तुगत उपाध्यक्षमा काव्यमणि अधिकारी र सदस्यमा शम्भु पुडासैनी निर्वाचित हुनुभएको छ । वस्तुगत सचिवमा नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीको १३–१३ मतसहित बराबरी भएको छ ।

अध्यक्षसहित २८ सदस्यीय कार्यसमिति रहेको सङ्घका दुई सचिव र पाँच जना कार्यसमिति सदस्यसहित सात जना सदस्य यसअघिनै निर्विरोध निर्वाचितभएको निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभयो । 

सङ्घको एसोसियटतर्फ सचिवमा माधव ज्ञवाली र उद्योगतर्फ सचिवमा रूपकराज दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै कार्यसमिति सदस्यमा एसोसियटतर्फ सुकृतराज पराजुली, बहुराष्ट्रिय एसोसियटतर्फ विक्रमकुमार सन्जेल, मनहरी आरक्षणमा शङ्करप्रसाद कालाखेती, महिला आरक्षणमा वाणिज्यतर्फ निलमकुमारी पाण्डे र निलम बजगाईँ निर्विरोध निर्वाचित हुनुभएको छ ।

सङ्घमा आजीवन, वाणिज्य, एसोसियट, उद्योग र वस्तुगततर्फ गरी दुई जना ९२ जना साधारण सदस्य रहेकोमा एक हजार ८१६ मत खसेको थियो ।