लैङ्गिक हिंसाको न्यूनीकरणका लागि ध्यानाकर्षण
राष्ट्रिय महिला आयोगलाई अपाङ्गता भएका महिलामाथि हुने लैङ्गिक हिंसाको न्यूनीकरणका लागि ध्यानाकर्षणपत्र दिइएको छ ।
सडक निर्माणमा सरकार गम्भीर छ : मन्त्री कार्की
प्रदेश १ सरकारका भौतिक पूर्वाधार निर्माण तथा सहरी विकासमन्त्री हिमाल कार्कीले दुहवी इनरुवा सडक खण्ड निर्माणमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । बुधबार सुनसरी सदरमुकाम इनरुवामा इनरुवा–दु्हबी सडक निर्माण दवाव समितिले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्नुहुदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
अवैध क्रसर उद्योग सञ्चालन : सरोकारवाला निकाय मौन
कालिगण्डकी नदी किनारमा करिब एक वर्षदेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । बेनी–जोमसोम कोरला सडक अन्तर्गत रघुगंगा गाउँपालिका २ स्याउली बजारस्थित नदी किनारबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा अवैध रुपबाट उत्खनन् गरी बिक्रीवितरण भइरहे पनि सरोकारवाला निकाय मौन देखिएका स्थानीयको भनाइ छ ।
राष्ट्रपति भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आज शीतलनिवास स्थित राष्ट्रपतिको कार्यालयमा सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
प्रधानमन्त्री देउवासँग गैरआवासीय सङ्घका पदाधिकारीको भेट
गैरआवासीय नेपाली सङ्घको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटघाट गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्य तथा अध्यक्ष डा. बद्री केसी नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीसँग आज भेटघाट गरेको हो ।
पुल नहुँदा विद्यालय जानबाट विद्यार्थी वञ्चित
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको दमारबेंसीमा पुल नहुँदा विद्यार्थी विद्यालय जानबाट बञ्चित हुनेगरेका छन् । खोलामा पुल नहुँदा बर्खायाममा नगरपालिका लगायतका आसपास क्षेत्रमा आवत जावत बन्द हुनेगरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष र मधेशी आयोगका अध्यक्षबीच छलफल
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तबीच आज सिंहदरबारमा छलफल भएको छ । संबैधानिक निकायलाई सशक्त र प्रभावकारी बनाउने विषयबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
प्रभावकारी बन्दै सी डिसाइड अभियान
युवतीका सम्बन्धमा हुने हरेक निर्णयको अधिकार उनीहरुमै हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न सञ्चालित विश्वव्यापी “सी डिसाइड” अभियान नेपालमा पनि प्रभावकारी बन्दै गएको छ । बिना प्रश्न युवती र महिलाले आफ्नो शरीर, आफ्नो जीवन र भविष्यको साथ के गर्ने भनेर निर्णय आफै गर्न पाउनुपर्छ भन्ने दृष्टिकोणबाट यो अभियान सञ्चालित छ । यो अभियानले हरेक युवती र हरेक महिलाको अधिकार र साथ एकताबद्ध छ, र जुनसुकै कुराहरुमा पनि, निर्णयहरू उसैले लिनुपर्छ भन्ने धारणा राख्ने गरेको नेपालमा सक्रिय सामाजिक संस्था भिजिबल इम्प्याक्टकी कार्यक्रम व्यवस्थापक प्रतिज्ञा कायस्थले बताउनुभयो ।
देशभर मौसममा सामान्य बदली रहने
आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।