• १८ असार २०८१, मङ्गलबार

प्रभावकारी बन्दै सी डिसाइड अभियान

blog

काठमाडौँ, असार २९ गते । युवतीका सम्बन्धमा हुने हरेक निर्णयको अधिकार उनीहरुमै हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न सञ्चालित विश्वव्यापी “सी डिसाइड” अभियान नेपालमा पनि प्रभावकारी बन्दै गएको छ । 

बिना प्रश्न युवती र महिलाले आफ्नो शरीर, आफ्नो जीवन र भविष्यको साथ के गर्ने भनेर निर्णय आफै गर्न पाउनुपर्छ  भन्ने दृष्टिकोणबाट यो अभियान सञ्चालित छ । यो अभियानले हरेक युवती र हरेक महिलाको अधिकार र साथ एकताबद्ध छ, र जुनसुकै कुराहरुमा पनि, निर्णयहरू उसैले लिनुपर्छ भन्ने धारणा राख्ने गरेको नेपालमा सक्रिय सामाजिक संस्था भिजिबल इम्प्याक्टकी कार्यक्रम व्यवस्थापक प्रतिज्ञा कायस्थले बताउनुभयो । 

नेपालमा सी डिसाइड अभियानको मुख्य सदस्यहरुको रूपमा भिजिवल इम्प्याक्ट नेपाल, वियोण्ड बेइजिंग कमिटी नेपाल र राइट हिअर, राइट नाउ नामको संस्थाले काम गरिरहेको छ । नेपालमा सी डिसाइड अभियान मार्च, २०१९ मा सुरु भएको थियो । अभियान शुरु भएपछि नेपालमा पनि लैङ्गिक हिंसा, किशोर यौन तथा प्रजनन स्वास्थ्य र अधिकार र सुरक्षित मातृत्वको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कायस्थले जानकारी दिनुभयो । 

विश्वव्यापी रुपमा भने यो अभियान सन् २०१७ मार्चमा ग्लोबल ग्याग नियमको पुनस्र्थापना र विस्तारको प्रतिक्रियामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको रुपमा आयोजना गरिएको थियो । यसलाई मेक्सिको सिटी नीति पनि भनिन्छ जुन गर्भपतन विरोधी नीति हो ।

“यो अभियानले एउटा यस्तो संसार सिर्जना गर्ने लक्ष्य राखेको छ, जहाँ प्रत्येक युवती र महिलाले आफ्नो शरीर, आफ्नो जीवन र आफ्नो भविष्यको बारेमा कुनै प्रश्न नगरी निर्णय गर्न सक्छन् ”कायस्थले भन्नुभयो, “यसको मतलब महिला र युवतीहरूको सबै विविधतामा, उनीहरूको शरीर र अधिकारहरूबारे जानकारीमा पहुँच हुनुपर्छ, ती निर्णयहरू गर्ने अधिकारहरूमा काम गर्ने एजेन्सी हुनुपर्छ, र ती निर्णयहरूलाई समर्थन गर्ने सेवाहरूमा पहुँच हुनुपर्छ भन्ने हो ।” 

सी डिसाइड एक शारीरिक स्वायत्तताको लागि परिवर्तन ल्याउने, समुदायहरूमा कार्यद्वारा उत्प्रेरित युवाहरूलाई हृदयमा राख्दै विश्वव्यापी राजनीतिक अभियानको रूपमा विकसित भएको उहाँको अनुभव छ । विश्वमा सी डिसाइड डे हरेक वर्ष मार्च २ मा मनाइन्छ ।