मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
गलेश्वरधाममा भक्तालुहरुको घुइँचो
साउन महिनाको पहिलो सोमबार हिमाली जिल्ला म्याग्दीको पवित्र तीर्थस्थल गलेश्वरधाममा दर्शनार्थीहरुको भीड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा गएर सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीले पनि दर्शन गर्नुभयो ।
कामपाको प्रवक्तामा मानन्धर नियुक्त
काठमाडौँ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । उहाँकामपाको सूचना प्रविधि समितिका संयोजकसमेत हुनुहुन्छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
उपत्यकाको फोहाेर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?
पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका लागि काँडो झैँ बिझेको छ । कहिले आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहरका डङ्गुर भेटिँदै आएको छ । यसले वातारवरण र मानव स्वास्थ्यलाई नै नराम्ररी प्रभावित पारेको छ ।
गत वर्ष १० खर्ब ६७ अर्ब ९५ करोड राजश्व संकलन
आइतबारबाट आर्थिक वर्ष २०७९–८० शुरुभएको छ । गत आ.व.मा १० खर्ब ६७ अर्ब राजश्व संकलन भएको छ । महालेखापरीक्षक कार्यालयको तथ्यांकअनुसार सरकारले गत आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजश्व सँकलन गर्ने लक्ष्य राखेकोमा १० खर्ब ६७ अर्ब ९५ करोड अर्थात लक्ष्यको ९०.४६ प्रतिशत संकलन भएको देखिएको छ ।
सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज
सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको बताइएको छ । मार्तडी कोल्टी सडक कोल्टी हुँदै हिमाली गाउँपालिकासम्मको सो सडक स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा स्तरोन्नतिका लागि धमाधम काम सुरु गरिँदैछ ।
पर्यटनमन्त्री श्रेष्ठसँग नाइजेरियाका राजदूतको भेट
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदूत अहमद सुलेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र नाइजेरियाबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका साथै नेपालको पर्यटन विकास एवम् प्रवर्दनका विषयमा विचारविमर्स भएको थियो ।
विराटनगरका एक हजार ४८४ जना काेभिड बिरामीले पाए राहत
कोरोना महामारीले गर्दा उत्पन्न असहज परिस्थितिका कारण गरिबीको चपेटामा परेका विराटनगरका एक हजार ४८४ परिवारले सरकारबाट राहत सुविधा लिएका छन् ।वर्तमान सरकारले कोरोना महामारीका कारण गरिबीको चपेटामा परेका नागरिकलाई राहत दिने घोषणा गरेको थियो ।
चार सय घर परिवारलाई फोहोर व्यवस्थापनसम्बन्धी जानकारी
काठमाडाैँ महानगरपालिकाले कोटेश्वरस्थित दीपनगर टोलका चार सय घर परिवारलाई फोहोर व्यवस्थापनसम्बन्धी जानकारी गराइएको छ ।