• १८ असार २०८१, मङ्गलबार

चार सय घर परिवारलाई फोहोर व्यवस्थापनसम्बन्धी जानकारी

blog

काठमाडाैँ, साउन १ गते । काठमाडाैँ महानगरपालिकाले कोटेश्वरस्थित दीपनगर टोलका चार सय घर परिवारलाई फोहोर व्यवस्थापनसम्बन्धी जानकारी गराइएको छ ।

सूर्यकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र दीपनगर टोल सुधार समितिको संयुक्त आयोजनामा सो जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हाे ।

सो अवसर मा स्थानीयबासीलाई कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै पोकोमा हालेर राख्नन अनुरोध गरिएको सहकारी संस्थाका व्यवस्थापक शिवराम थापाले  बताउनुभयो । 

महानगरले साउन १ गतेबाट नछुट्याएको फोहोर सङ्कलन नगर्ने जनाएपछि यो कार्यक्रममार्फत सबैलाई सचेत गराइएको सो टोलका सल्लाहकार दिलीप अदिकारीले जानकारी दिनुभयो।