राष्ट्रपति भण्डारीद्वारा आचार्यलाई राजदूतमा नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य र आयरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा ज्ञानेन्द्र आचार्यलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यकाअनुसार सोमबार राष्ट्रपति भण्डारीले उहाँलाई राजदूतमा नियुक्त गर्नुभएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश निलम्बित
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बित हुनुभएको छ ।
आईजीपी बढुवाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्धको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
राम्रो र सकारात्मक कामलाई अघि बढाउँछु : मन्त्री कुँवर
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालमा यसअघिको राम्रो कामलाई निरन्तरता दिँदै राम्रो गर्ने प्रयास गर्ने बताउनुभएको छ । सोमबार सिंहदरवारमा मन्त्रीको पदभार ग्रहणका क्रममा उहाँले सो कुरा बताउनुभयो ।
नेताहरु जिम्मेवार नबन्दा देश बनेन : मन्त्री चौधरी
नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले नेताहरु देश र जनताप्रति जिम्मेवार नबन्दा देश बन्न नसकेको बताउनुभएको छ । सोमवार पद तथा गोपनियताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
नेपालगञ्जमा अत्याधुनिक वाल पार्क बन्दै
नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीमा आकर्षक वाल पार्क निर्माण भई सञ्चालनमा आउनेभएको छ । सुन्दर वाटरपार्क र धम्बोझी माविसँगै जोडिएको यो पार्क सञ्चालनमा आएपछि नेपालगञ्जमा अर्को पर्यटकीय क्षेत्र थपिनेछ ।
देशभर मनसुनी वायुको प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना
मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ जारी
सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सोमबार सुनुवाइ भइरहेको छ ।
राष्ट्रपति भण्डारीद्वारा अष्ट्रेलिया र इजरायलको राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाललाई नियुक्त गर्नुभएको छ ।