• १६ असार २०८१, आइतबार

राष्ट्रपति भण्डारीद्वारा आचार्यलाई राजदूतमा नियुक्त

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य र आयरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा ज्ञानेन्द्र आचार्यलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यकाअनुसार सोमबार राष्ट्रपति भण्डारीले उहाँलाई राजदूतमा नियुक्त गर्नुभएको हो ।

प्रवक्ता आचार्यकाअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आचार्यलाई सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।