सल्यानमा बसमा करेन्ट लागेर २ जनाको मृत्यु
प्रतीक शर्मासल्यान, जेठ २ गते । बसमा करेन्ट लागेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान कुमाख गाउँपालिका १ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी हुन् । रुकुम पश्चिमस्थित चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । उक्त घटनामा अन्य १५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा अधिकांश १३ देखि १७ वर्ष उमेर समूहका बालबालिका रहेको प्रहरीले जनाएको छ ।
मतदान सकेर यार्सागुम्बा टिप्न लर्को
स्थानीय तह निर्वाचनअन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँका चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् तर मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडीबुटी (यार्सागुम्बा) सङ्कलनको चटारो परेको छ ।
थलारा गाउँपालिकामा एमाले विजयी
बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएको छ । उहाँले दुई हजार ७७४ मत प्राप्त गर्नुभएको हो ।
जुम्ला कनकासुन्दरी– ८ मा वडाध्यक्षसहित स्वतन्त्र दलित उम्मेदवार विजयी
नेत्र शाहीजुम्ला, जेठ १ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानले विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारिएको थियो । उहाँहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाउनुभएको थियो । निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नाराजुलुस सहित विजय ¥याली निकालिका छ ।संघीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व विना वडामा समृद्धि हुन नसक्ने भन्दै उहाँहरुले दलको टिकट नलिएर स्वतन्त्र रुपमा चुनावमा होमिनुभएको थियो । वडा अध्यक्ष पदका धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित हुनुभयो । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जित्नुभयो भने महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्ले विजयी हुनुभयो ।दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय हुनुभयो । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् । एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ । अहिले दलित समुदायमा खुसियाली छाएको छ ।
बर्दगोरिया–१ मा एमालेका गौतम प्यानलसहित विजयी
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको बर्दगोरिया गाउँपालिका–१ को वडा अध्यक्षमा नेकपा (एमाले)का मिथुन गौतम प्यानलसहित विजयी हुनुभएको छ । ७९५ मत प्राप्त गरेर गौतम वडा अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको छ । महिला सदस्यमा मीरा आलेमगर, दलित महिला सदस्यमा सरस्वती विक, सदस्यमा रामचन्द्र कठरिया र प्रकाश साउँद विजयी हुनुभएको छ ।
सप्तरीको आठ वडाको मत परिणाम सार्वजनिक
ललिता साह बोदेबर्साईन( सप्तरी ), जेठ १ गते । सप्तरीको फरक फरक पालिका गरी आठ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । सप्तरीको विभिन्न पालिकाको वडा अध्यक्ष निर्वाचित हुँदै गर्दा काँग्रेस दुई , जसपा तीन वडा अध्यक्ष, एमाले, लोसपा र जनमत पार्टी एक ÷ एक वडामा निर्वाचित हुनुभएकाे छ ।राजविराज नगरपालिका वडा नम्बर –१६ मा जनता समाजवादी पार्टीका उम्मेदवार रामएकवाल यादवले विजय हासिल गर्नुभएको छ । त्यसैगरी सप्तकोशी नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा रोहिणीप्रसाद पोखरेलको टिम विजयी भएको छ। काँग्रेसकै खुला सदस्यमा दिपक राई र जनकबहादुर राउत, महिला सदस्यमा सीताकुमारी चौधरी र दलित महिला सदस्यमा भीमकुमारी नेपाल विजयी भएका छन्। योसँगै सप्तरीमा आइतवार विहान सम्ममा काँग्रेस , एमाले, लोसपा , जसपा र जनमत गरी पाँच पार्टीले फरक फरक स्थानीय तहको वडाहरूमा जीत हात पारेका छन्।सप्तरीको १६ वटा स्थानीय तहमा भइरहेको निर्वाचनको मतगणनाको पछिल्लो नतिजा अनुसार अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएको निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जनाउनुभयो ।एमालेका उम्मेदवार सबजुल खलिफाले छ सय ४१ मत ल्याइ वडा अध्यक्षमा विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अछमितलाल चौधरीले पाँच सय ५० र जसपाका रामनारायण चौधरीले पाँच सय १४ मत ल्याउनुभएको छ । खुला सदस्यमा भने एमालेका देवकान्त चौधरी र रामगेन सिंह, महिला सदस्यमा वैजनाथ देबी थरुनी र दलित महिला सदस्यमा पार्वतीदेवी राम विजयी हुनुभएकाे छ । यता खडक नगरपालिका १ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह आठ सय ११ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सिंहेश्वर मण्डलले छ सय ३८ मत ल्याउनुभएको छ । महिला सदस्यमा लोसपाकै अभाना खातुन, लित महिला सदस्यमा ललितादेबी राम तथा सदस्यहरूमा दिलीपकुमार मण्डल र त्रिभुवन मण्डल विजयी हुनुभएकाे छ । खडक नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा जसपाका हरेराम मण्डल नौ मत बढी ल्याइ विजयी हुनुभएको हो । निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धर्मदेव साहले तीन सय ५९ मत प्राप्त गरेका हुन् ।कुल एक हजार चार सय ७५ मतको गणनापश्चात् नेपाली काँग्रेसले महिला वडा सदस्य र दलित महिला सदस्य जितेको छ। खुला सदस्यमा भने एमाले र जसपाले जित हात पारेका छन् । शम्भुनाथ नगरपालिकामा काँग्रेसका जिवछ साहले चार सय ७४ मत ल्याई वडा अध्यक्ष पदमा प्यानलसहित निर्वाचित हुनुभएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले तीन सय ७१ मत ल्याएका छन्। खुला सदस्यमा राधादेवी चौधरी र बिमलाकुमारी चौधरी, महिला सदस्यमा फूलकुमारी चौधरी र दलित महिला सदस्यमा इनरवती देबी राम विजयी हुनुभएकी छिन्। कञ्चनरूप नगरपालिका वडा नम्बर १ मा प्यानलसहित जसपा नेपालका रव्बान खान विजयी हुनुभएको छ । यता हनुमाननगर कङ्कालिनी नगरपालिका–१ को वडा अध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल प्यानलसहित निर्वाचित भई पार्टीका खाता खोल्नुभएको छ । विवादका कारण सप्तरीमा स्थगित दुई मतदना स्थलमध्ये आइतबार डाक्नेश्वरी नगरपालिका–२ हरिराहामा मतदान हुँदैछ भने सोमबार रूपनी गाउँपालिका–५ बसबिट्टीमा मतदान हुने कार्यालय प्रमुख जोशीले भनुभयो ।
नवनिर्वाचित वडा सदस्यको निधन
कविराज घिमिरे धनकुटा, जेठ १ गते । धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडासदस्य अटल सूर्यमगरको निधन भएको छ । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानी बजारस्थित मतगणनास्थलमा राति ८ बजेतिर बसिरहेको अवस्थामा अचानक बेहोस भएका ५२ वर्षीय सूर्यमगरको उपचारको क्रममा गएराति निधन भएको हो । मतगणनास्थलमा अचानक बेहोस भएका मगरलाई तत्काल उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिनुभयाे ।अघिल्लो स्थानीय तहको निर्वाचन २०७४ मा एमालेको तर्फबाट वडासदस्यमा निर्वाचित भएका मगर पुनः यसपटक पनि वडा सदस्यमा निर्वाचित भएका थिए । वडाको मतपरिणाम अन्तिम चरणमा पुगेको बेला मगर कुर्सीबाट ढलेर अचानक बेहोस भएका थिए । उनलाई उपचारको लागि बाटोमा लैजाँदै गर्दा उनी वडासदस्यमा निर्वाचित भएका थिए । उच्च रक्तचापका कारण ह्रदयघात भएको हुनसक्ने पालिका उपाध्यक्ष रुचालले बताउनुभयो । उहाँको शव घर ल्याइसकिएको र आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
डडेल्धुरा, वैशाख ३१ गते । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् ।भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए ।मृतक र घाइतेको परिचय खुल्न सकेको छैन । अहिले शव र घाइतेलाई डडेल्धुरा अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।