सरकारको एक वर्ष : बिजुली व्यापारदेखि बूढीगण्डकी स्वदेशी लगानीसम्म
लामो समयदेखि केवल चर्चामा सीमित बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ ।
बूढीगङ्गा नदी कटानको जोखिममा बल्दे बस्ती
बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं २ बल्दे बस्ती बूढीगङ्गा नदी कटानको उच्च जोखिममा रहेको छ । सो वस्तीको माथिबाट पहिरो आउने र तलबाट बूढीगङ्गा नदीले काट्ने गरेपछि त्यो वस्ती अहिले निकै जोखिममा रहेको हो ।
चाँगुनारायणले निः शुल्क रगत उपलब्ध गराउने
चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० देखि महादेवखोला बहुआयामिक परियोजना सञ्चालन गर्ने भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सिँचाइ, खानेपानीदेखि आफैँ विद्युत् उत्पादनसम्मको लक्ष्य लिएर महादेवखोला बहुआयामिक परियोजना सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो“ परियोजनाले चाँगुनारायणवासीको घरघरमा खानेपानीको धारा, खेतखेतमा सिँचाइ , विद्युत् उत्पादन र पर्यटनको विकास गर्ने लक्ष्य लिएको छ । ”
आमाको नामबाट नागरिकता लिन अदालतको आदेश कुर्नुपर्ने
बाबुको नामबाट नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जाँदा हुन्छ भने आमाको नामबाट नागरिकता लिन अदालत जानै पर्ने बाध्यता रहेको छ ।
रकम हिनामिना गर्ने कर्मचारीहरुमाथि मुद्दा दायर
बाराका तत्कालीन सहायक वनअधिकृत विन्देश्वरप्रसाद पटेलले सरकारी रकम दुरुपयोग तथा हिनामिना गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा पटेलले बाराको वरियापुर नर्सरीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत वाँसको विरुवा खरिदमा व्यापक अनियमितता गरेको जनाइएको छ ।
अध्यक्ष दाहाल र प्रमुख चियान्चाओबीच भेटवार्ता
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चाओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो खुमलटारमा उहाँहरुबीच भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
सङ्घीय निजामती ऐन लागू गर्न दबाब
ओखलढुङ्गामा निजामती कर्मचारीहरुले सङ्घीय निजामती ऐन तत्काल जारी गर्न नेपाल सरकारलाई दबाब दिएका छन् ।
तिलोत्तमामा शुरु भयो जग्गा नापजाँचको काम
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका भूमिहीन सुकुम्बासीको जग्गा नापजाँचको काम शुरुभएको छ । भूमि आयोगले तिलोत्तमाको वडा १३ करौजियाबाट जग्गा नाप जाँचको काम शुरु गरेको हो ।
ऋषिङ गाउँपालिकाद्वारा असल बुहारीलाई नगदसहित सम्मान
तनहुँको एक गाउँपालिकाले अशक्त सासु र ससुरालाई राम्रोसँग हेरचाह गर्ने १६ जना बुहारीलाई सम्मान गरेको छ । असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत ऋषिङ गाउँपालिकाले सम्मान गरेको हो ।