• १८ असार २०८१, मङ्गलबार

अध्यक्ष दाहाल र प्रमुख चियान्चाओबीच भेटवार्ता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २७ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चाओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो खुमलटारमा उहाँहरुबीच भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । 

भेटवार्ताका क्रममा  माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, वर्षमान पुन र पम्फा भुषाल लगायतका नेताहरुको पनि सहभागिता थियो । चियान्चाओ आइतबार चार दिने नेपाल भ्रमणका लागि आउनुभएको थियो  । उहाँले नियमित राजनीतिक भेटमा व्यस्त रहनुभएको छ ।