फोनिज युके पुरस्कारबाट दुई पत्रकार पुरस्कृत
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) युके सम्मान र पुरस्कारबाट दुई जना पत्रकार यहाँ आज सम्मानित र पुरस्कृत हुनुभएको छ । फोनिज केन्द्रीय समितिद्वारा यहाँ आयोजित समारोहमा सो पुरस्कार वितरण गरिएको हो ।
घुस रकमसहित इन्जिनियर डाँगी पक्राउ
रोल्पा जिल्लाको गंगादेव गाउँपालिकाको कार्यालयका इन्जिनियर नवीन डाँगीलाई ५० हजार रुपियाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेको छ ।
श्रममन्त्री कुवँर र आइएलओका निर्देशक रिचार्डबीच भेटवार्ता
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँर र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुवँरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराउनुभएको थियो ।
राष्ट्रिय एकतालाई समृद्ध बनाउन रेडियो नेपालको भूमिका महत्वपूर्ण : मन्त्री कार्की
गोरखापत्र अनलाइन काठमाडौं, असार २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुककै अग्रणी प्रसारण संस्था रेडियो नेपालको गरिमा र महत्वलाई समयानुकूल अगाडि बढाउँदै देशका सबै भाषाभाषी, समुदाय र कुनाकाप्चामा पुराउनुपर्ने बताउनुभएको छ । रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन एवम् समावेशी तालिम समापन समारोहमा मन्त्री कार्कीले विविधितामा एकता नै मुलुकको विशिष्ट पहिचान भएको बताउनु भयो । उहाँले विविधितालाई राष्ट्रिय पुँजीका रुपमा विकास गरी जातीय सदभावलाई समृद्ध बनाउन रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । । मन्त्री कार्कीले अहिलेको समय र समाजको गतिशीलतालाई बुझेर रेडियो नेपाललाई सबै जनताको मनमा बस्ने प्रसारणको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले रेडियो नेपालको शैली पुस्तकले प्रसारण शैलीमा थप निखार ल्याउने बताउनु हुँदै समावेशी तालिमबाट प्राप्त ज्ञानसिपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्ने यस किसिमका तालिमलाई निरन्तरता दिनुपर्ने भन्नुहुँदै यसमा सरकारको साथ रहने प्रतिबद्धता जनाउनुभयो । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रसारणलाई फरक र आफ्नै शैलीको बनाउन रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक थप सहयोगी हुने बताउनुभयो । निर्देशक केसीले रेडियो नेपाल प्रसारण क्षेत्रकै जननी भएकाले अरुको नक्कल गर्ने नभई पृथक ढङ्गले अगाडि बढ्न शैली पुस्तकले प्रसारण र प्रस्तुतिलाई थप समावेशी र आकर्षक बनाई सबैको मनमा बस्ने विश्वास व्यक्त गर्नुभयो । रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले शैली पुस्तक निर्माणका क्रममा विज्ञहरुको सल्लाह र सुझाव अनुसार अगाडि बढेको भन्नुहुँदै शैली पुस्तकले प्रसारण सामग्रीमा एकरुपता ल्याउने विश्वास व्यक्त गर्नुभयो । सञ्चार क्षेत्रका विज्ञहरु डा. सुरेश आचार्य, धर्मेन्द्र झा, अनिता गुरुङ, टिकाराम यात्री र जनार्दन विष्टले समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी तीन दिने तालिम प्रदान गर्नुभएको थियो । कार्यक्रममा समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारणसम्बन्धी तालिममा सहभागी रेडियो नेपालका कार्यक्रम तथा समाचारमा रहेर काम गर्ने ६५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । गत बुधबारदेखि सुरु भएको ३ दिने समावेशी तालिममा सहभागीमध्ये चन्द विष्ट र अच्युत अर्यालले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन गर्नुभयो ।
दुर्घटनामा एकको मृत्यु, एक जना घाइते
झापाको कनकाई नगरपालिका ३ एकान्तटोलमा रोकी राखेको अटोलाई ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन ।
राष्ट्रपतिबाट तीन देशका लागि राजदूत नियुक्त
मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।
मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना
आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
दुई दशकपछि पुल बनेपछि जोखिमपूर्ण यात्राको अन्त्य
दुई पालिका जोड्ने पुल बनेपछि यहाँका बासिन्दाको दुई दशकदेखिको चाहना पूरा भएको छ । जिल्लाको पूर्वी भेगमा रहेको दुई पालिका निस्दी र पूर्वखोला जोड्ने रेचेघाटमा पुल बनेपछि स्थानीय बासिन्दाको दुई दशकदेखिको पुल बनाएर यात्रा गर्ने चाहना पूरा भएको हो ।
गाउँपालिका जान दुई जिल्ला पार गरेर जानुपर्ने सकस
जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र जान दुई जिल्ला पार गरेर जानुपर्ने बाध्यता भोग्न यहाँका नागरिकहरु अहिलेसम्म बाध्य छन् ।