• १० मंसिर २०८१, सोमबार

घुस रकमसहित इन्जिनियर डाँगी पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २४ गते । रोल्पा जिल्लाको गंगादेव गाउँपालिकाको कार्यालयका इन्जिनियर नवीन डाँगीलाई ५० हजार रुपियाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेको छ ।  

मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरी निवेदनका आधारमा नेपालगञ्जबाट खटिई गएको आयोगको टोलीले डाँगीलाई पक्राउ गरेको हो । 

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार, डाँगीले ५० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा गंगादेव गाउँपालिका वडा नं. २ स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निजको निवासबाट पक्राउ गरिएको हो ।