• १८ असार २०८१, मङ्गलबार

दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

blog

लीलाराज खड्का

बिर्तामोड, असार २४ गते । झापाको कनकाई नगरपालिका ३ एकान्तटोलमा रोकी राखेको अटोलाई ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन । 

मृत्यु हुनेमा कन्काई नगरपालिका– ३ का ३४ वर्षीया कमला नेपाल रहेको जिल्ला ट्रफिक प्रहरी कार्यालय झापाले जनाएको छ । शुुक्रवार विहान ९ कनकाई नगरपालिका –३ एकान्त टोल भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदैगरेको मे. १. त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे. १. ह ६९६० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागी घाईते हुनुभएकी नेपालको उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी सोही स्थानकी अर्की ३६ बर्षिय मुना कार्की भने सख्त घाइते हुनुभएको छ । उहाँको वीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । 

ट्याक्टर र चालक कन्काई नगरपालिका –७ बस्ने २४ वर्षीय यतुवा मर्डीलाई  इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।