आचार्यद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा
नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले गृह जिल्ला चितवनमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । युनियनको साउन ६ र ७ गते हेटौंडामा हुने नवौं महाधिवेशनमा केन्द्रीय अध्यक्ष लड्ने आज उम्मेदवारी घोषणा गर्नुभएको हो ।
बेवारिसे शवको पहिचान खुल्यो
ओखलढुङ्गाको मोलुङ गाउँपालिका –१ मा फेला परेको शवको पहिचान खुलेको छ । शनिबार विहान लिपेखोला दोभानमा फेला परेको शव मोलुङ गाउँपालिका –४ का ४० वर्षीय प्रेमबहादुर भुजेलको रहेको प्रहरी निरीक्षक केशब अधिकारीले बताउनुभयो ।
साढे १६ क्वीन्टल अवैध लसुन बरामद
जिल्ला प्रहरी कार्यालय नवलपुरले अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन बरामद गरेको छ । कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको लु २ ख २३५१ नम्बर बसबाट सो लसुन बरामद गरेको हो ।
सशस्त्र प्रहरीको उपचारमा मेडिकल कलेजले सहुलियत दिने
नेपालगञ्ज मेडिकल कलेज (एनजीएमसी) र सशस्त्र प्रहरी अस्पतालवीच सहुलियतमा सशस्त्र प्रहरीहरुको उपचार गर्ने सम्झौता भएको छ । सो सम्झौता सशस्त्र प्रहरी बल महिला संघको समन्वयमा भएको हो ।
सिक्री चोरेर भाग्ने एक प्रक्राउ
झापा मेचीनगर १० धुलाबारी बजारमा महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्ने एक जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ का २० बर्षीय निरज राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अपाङ्गता भएकालाई पालिकाद्वारा बाख्रा सहयोग
जीविकोपार्जन सहज बनाउन तनहुँको भिमाद नगरपालिकाले अपाङ्गता भएकालाई माउ बाख्रा सहयोग गरेको छ । बाख्रा पाएपछि अपाङ्गता भएकाहरु खुसी भएका छन् ।
एक वर्षमा हात्ती आक्रमणमा झापामा पाँचको मृत्यु
चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
बढ्न थाले हैजाका बिरामी
काठमाडौँमा हैजाका बिरामी बढ्न थालेका छन् । अघिल्लो दिन तीन जनामा पुष्टि भएको हैजा शुक्रबार थप चार जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।
फोनिज युके पुरस्कारबाट दुई पत्रकार पुरस्कृत
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) युके सम्मान र पुरस्कारबाट दुई जना पत्रकार यहाँ आज सम्मानित र पुरस्कृत हुनुभएको छ । फोनिज केन्द्रीय समितिद्वारा यहाँ आयोजित समारोहमा सो पुरस्कार वितरण गरिएको हो ।