• १८ असार २०८१, मङ्गलबार

सिक्री चोरेर भाग्ने एक प्रक्राउ

blog

लीलाराज खड्का

बिर्तामोड, असार २५ गते । झापा मेचीनगर १० धुलाबारी बजारमा महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्ने एक जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ का २० बर्षीय निरज राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रायले शुक्रवार बेलुका साढे ६ बजे बजारमा किनमेल गरिरहेका धुलाबारी नगरपालिका ९ की ५० jर्षीया गीता अधिकारीले घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए ।

घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले सिक्रीसहित रायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका रायलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।