• १८ असार २०८१, मङ्गलबार

श्रममन्त्री कुवँर र आइएलओका निर्देशक रिचार्डबीच भेटवार्ता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २४ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँर र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुवँरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराउनुभएको थियो ।

त्यस्तै, मन्त्री कुवँरले आइएलओले नेपालको श्रम व्यवस्थित बनाउन र सामाजिक सुरक्षासम्बन्धी योजनामा गरिरहेको सहयोका लागि धन्यवाद दिदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

मन्त्रालयको तर्फबाट श्रमिकको हक अधिकार सुनिश्चित गरी विदेशमा सिकेको सीपलाई नेपालमै लागु गर्न पहल भइरहेकाले आइएलओलाई सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो । 

भेटमा राष्ट्रिय निर्देशक डा. हवार्डले नेपाललाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै, आगामि दिनमा पनि श्रमिकको सुरक्षा, न्याय र रोजगार बृद्धिका लागि गर्दैआएको सहयोगलाई निरन्तरता दिने  प्रतिवद्धता जनाउनुभयो ।