• १८ असार २०८१, मङ्गलबार

राष्ट्रपतिबाट तीन देशका लागि राजदूत नियुक्त

blog

काठमाडौं, असार २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलङ्काका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि शुक्रबार राजदूत नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरिएको हो ।