• १८ असार २०८१, मङ्गलबार

रकम हिनामिना गर्ने कर्मचारीहरुमाथि मुद्दा दायर

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २७ गते । बाराका तत्कालीन सहायक वनअधिकृत विन्देश्वरप्रसाद पटेलले सरकारी रकम दुरुपयोग तथा हिनामिना गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा पटेलले बाराको वरियापुर नर्सरीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत वाँसको विरुवा खरिदमा व्यापक अनियमितता गरेको जनाइएको छ ।  

सो सम्बन्धमा २०७७ असार २८ गते सरकारी साक्षीका रुपमा कलैया उपमहानगरपालिका १ बस्ने शुभकामना नर्सरीका सञ्चालक अजयकुमार कुशवाहाले प्रतिकूल बकपत्र गरेको भन्ने उजुरी निवेदन परेको थियो । पटेलसमेत रहनुभएको सो मुद्दामा कागजातको व्यहोरा बमोजिम कुशवाहाविरुद्ध तीन लाख रुपियाँ भ्रष्टाचार गरेको सोमबार मुद्दा दायर भएको छ ।

यसैगरी, महोत्तरीका श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डलमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ । आयोगले मण्डलसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्नेक्रममा घुस मागेको आरोप लागेको छ । 

मण्डल र पासवानले सेवाग्राहीसँग ५० हजार रुपियाँ घुस लिएको व्यहोरा अनुसन्धानबाट खुलेको आयोगको विज्ञप्तिमा उल्लेख छ । विशेष अदालत काठमाडौंमा दायर सो मुद्दामा आरोपितमाथि आवश्यक कारबाहीको माग गरिएको छ ।