• १६ असार २०८१, आइतबार

राम्रो र सकारात्मक कामलाई अघि बढाउँछु : मन्त्री कुँवर

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १३ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालमा यसअघिको राम्रो कामलाई निरन्तरता दिँदै राम्रो गर्ने प्रयास गर्ने बताउनुभएको छ । सोमबार सिंहदरवारमा मन्त्रीको पदभार ग्रहणका क्रममा उहाँले सो कुरा बताउनुभयो ।

आफू पदमा रहँदासम्म चर्चाका लागि नभई राम्रो कामको शुरुवात गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । विवादरहित सकारात्मक कामको शुरुवात गरी यसअघिको मन्त्रीले शुरु गर्नुभएको राम्रो कामलाई सम्पन्न गर्न इमान्दारितापूर्वक लाग्ने उहाँले प्रष्ट पार्नुभयो । जनताको कामलाई चुस्त र छरितो बनाउन महिनाको एक पटक उपत्यका बाहिर गएर पीरमर्का र समस्या बुझ्ने उहाँले बताउनुभयो ।