• ८ जेठ २०८१, मङ्गलबार

पुल नहुँदा विद्यालय जानबाट विद्यार्थी वञ्चित

blog

स्थानीय झरना पुलामी बच्चा डोकोमा बोकेर विद्यालय लैजानुहुँदै । तस्विर : गणेश खनाल

गणेश खनाल

अर्घाखाँची, असार २९ गते । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको दमारबेंसीमा पुल नहुँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित हुनेगरेका छन् । खोलामा पुल नहुँदा बर्खायाममा नगरपालिका लगायतका आसपास क्षेत्रमा आवतजावत बन्द हुनेगरेको छ । 

शीतगङ्गा नगरपालिका –७ जलुके दमारबेंसीमा पर्ने सितखोला भएर जाने स्थानीय बाहेक कक्षा ६ देखि कक्षा १२ सम्म स्कुल पढ्न प्युठान र लामातालबाट दैनिक २० देखि ३० जना विद्यार्थी आवतजावत गर्ने शीतगङ्गा नगरपालिका ७ का झरना पुलामीले बताउनुभयो । कैयौं पटक बच्चालाई बोकेर खोला पुग्दा बाढी आउँदा विद्यालय पुर्याउन नसकेको उहाँको भनाइ छ । विद्यार्थी बर्खायामको समय कहिले १० दिनसम्म लगातार विद्यालय जान नपाएको स्थानीयको गुनासो छ । 

सोही खोला तरेर कक्षा १ देखि कक्षा ५ सम्म पढ्न खैरेनीबाट ससाना बच्चाहरु दैनिक खोला तरेर ऐरावत आधारभूत बिद्यालयमा जानुपर्ने बाध्यता छ । बच्चाहरुलाई खोलाबाट वारिपारी लैजान दैनिक अभिभावक जानेगरेको भए पनि कुनै बेला अभिभावक समेत खोला तर्न नसक्ने अवस्थामा हुदाँ खोला पस्दा दुर्घटना हुनसक्ने स्थानीय झलक केसीले बताउनुभयो ।   

शीतगंङ्गा नगरपालिकाका उपप्रमुख गीता भाटले स्थानीय जनताको समस्याबारे आफूलाई पनि जानाकारी भएकाले समाधानको उपायबारे प्रयास भइरहेको उहाँले बताउनुभयो ।