साउनमा हरियो चुरा र मेहेन्दीको धार्मिक महत्व (फोटो फिचर)
साउन अर्थात् विभिन्न रंग समायोेजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्वको महिना मानिन्छ ।
कपिलबस्तुका शिवालयमा भक्तजनको भिड
साउन महिनाको पहिलो सोमबार कपिलबस्तुकोे शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । कपिलबस्तु सदरमुकाम तौलिहवास्थित रहेको तौलेश्वरनाथ मन्दिर, बाणगंगाको लक्ष्मणघाट, शिवराजको धानखोलास्थित शिव मन्दिरमा विशेष पूजा गरिन्छ ।
करारका कर्मचारी हटाएकोमा आपत्ति
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) इनरुवा नगर कमिटिले ईनरुवा नगरपालिकाबाट करार सेवामा कार्यरत कर्मचारीलाई विभेदपूर्ण तरिकाले अवकाश दिइएको भन्दै आपत्ति जनाएको छ । नगर अध्यक्ष तोया गिरी र सचिव मो. मोख्खतार आलमले संयुक्त विज्ञप्ति जारीगर्दै निर्णय सच्याउन आग्रह गर्नुभएको छ ।
विष्णुमती, धोवीखोला जलाधार क्षेत्रमा भारी वर्षा, सतर्क रहन आग्रह
काठमाडौंको विष्णुमती, धोवीखोला जलाधार क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विष्णुमती, धोवीखोला जलाधारमा भारी वर्षा भएको भन्दै सतर्क रहन विष्णुमती, धोवीखोला बस्तीका नागरिकलाई आग्रह गरेको छ ।
गाउँपालिकालाई निश्पक्ष काम गर्न अनुरोध
रिब्दिकोट गाँउपालिका कार्यपालिकाको बैठकबाट ९२ जना कर्मचारीमध्ये ८२ जना कर्मचारीको म्याद थप गरेको छ । म्याद थप नभएका कर्मचारीले आफुहरु प्रतिपक्षी दलसँग सम्बन्धित भएकाकारण म्याद थप नभएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको कार्यकाल मनोनयन दर्ताको दिनसम्म
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको छ । सिंहदरबारमा पत्रकारसँगको भेटघाटमा उहाँले वर्तमान प्रतिनिधि सभाको कार्यकाल प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको हो ।
कानुनी अधिकार नै नभएको अधिकार सम्पन्न बागमती
नाममै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति राखिएको सरकारी निकायलाई अधिकार भने नहुँदा स्थापनाको २८ वर्षमा एक किमी नदी किनार पनि ढलमुक्त हुन सकेको छैन । नामको अघि नै अधिकार सम्पन्न लेखिए पनि समितिलाई अधिकार भने केही नदिइएको हालसम्म नियुक्त भएका कार्यकारी अध्यक्ष र आयोजना प्रमुखले गुनासो गर्दै आएका छन् ।
एआइजी पोखरेलद्वारा पदबाट राजीनामा
नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । सोमबार दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पोखरेलले राजीनामा पत्र बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
बस्ती विस्तार शीर्षकको बजेट फिर्ता, गाउँ जोखिममै
जोखिममा रहेका बस्ती प्रवर्धनका लागि आएको बजेट फिर्ता गएको पाइएको छ । सिमकोट गाउँपालिका –४ को उच्च जोखिममा रहेको स्याम्ने गाउँको बस्ती बिस्तारका लागि आएको बजेट फिर्ता गएको हो ।