मिटरब्याजी रकम तिर्न नसक्दा आत्महत्या
बाराको महागढीमाई नगरपालिका –४ दहियार टोलका सिभिल इञ्जिनियर प्रभात जैसवाल (४०) ले मिटरव्याजको चक्रीय व्याज तिर्न नसक्दा आत्महत्या गरेको खुलेको छ ।
सानातिना सडकमै समय खर्च भइरहेको छ : महानिर्देशक थापा
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले सडक पूर्वाधारमा खर्च हुँदाखेरी राजमार्गहरुलगायत ठूला सडकलाई प्राथमिकता दिनुको सट्टामा साना–साना सडकमा समय खर्च भइरहेको बताउनु भएको छ ।
श्रममन्त्री कुँवरद्वारा पहिरो प्रभावित क्षेत्रको निरीक्षण
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री कुँवरको टोलीले तुर्माखाँद गाउँपालिका –५ नाडा, कमलबजार नगरपालिका –६ वीरपथ र वडा ८ डुँगालाका मृतक र घाइतेका आफन्त घटनास्थलमै पुगेर निरीक्षण गर्नुभयो ।
सिसिटिभी क्यामेरा जडान नहुँदा चोरीका घटना बढ्दै
सैनामैना नगरपलिकाको पूर्व–पश्चिम राजमार्गको सुरक्षा व्यवस्था चुस्त बनाउने उद्देश्यले खरिद गरिएका सीसीटीभी क्यामरा ६ महिना बित्दा पनि अहिलेसम्म जडान भएको छैन ।
सेनाद्वारा दशैं लक्षित निशुल्क : यातायात सुविधा
बडा दशैंमा बिदामा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई नेपाली सेनाले निशुल्कः यातायात सुविधा उपलब्ध गराउने भएको छ ।
निजगढमा विमानस्थल निर्माणमा ढिलाइ गर्न हुँदैन : प्रधानमन्त्री देउवा
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।
लागु औषधको हब बन्दै कोहलपुर
नेपालगञ्जपछि पछिल्लो समय कोहलपुर क्षेत्रमा लागु औषध कारोबारमा वृद्धि भएको देखिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषधको कारोबार र ओसारपसार तथा सेवनमा संलग्नलाई पक्राउ गरिरहेको छ । प्रहरीको पछिल्लो तथ्याङ्कले नेपालगञ्जसँगै कोहलपुरमा समेत लागु औषध कारोबारमा बृद्धि भएको देखखएको छ ।
प्रदेशस्तरीय विज्ञान प्रयोगशाला बन्दै
रुपन्देहीको सियारी गाउँपालिका स्थित छपियामा प्रदेशस्तरीय विज्ञान सङ्ग्रहालय निर्माण हुनेभएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा छपियास्थित पब्लिक माध्यमिक विद्यालयमा प्रदेशस्तरीय विज्ञान संग्रहालय निर्माण हुन लागेको हो ।
नवलपुरमा ११३ मतदान स्थल र ३०२ केन्द्र
निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि नवलपुरमा ११३ वटा मतदान स्थल र ३०२ वटा मतदान केन्द्र कायम गरिएको छ ।