सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक
कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलको यो अवस्था एक दशकअघिदेखि यस्तै छ । जहिले पानी जम्ने यो सडकको समस्या कसैले समाधान गर्न सकेका छैनन् । यही मार्गका धेरै काम भइसक्दा पनि यहाँको अवस्था भने सुध्रिएको छैन ।
स्वास्थ्य सामग्री सहयोग
पुतलीबजार नगरपालिका–३ कुमाल गाउँमा रहेको जिल्ला अस्पताल स्याङ्जालाई त्रिकोण डेनमार्कले आस्क नेपाल स्याङ्जाको पहलमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
समानुपातिक बन्द सूची आजै बुझाई सक्न प्रमुख आयुक्त थपलियाको आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचि सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।
कपिलवस्तु कारागारबाट ६ जना कैदी रिहा
संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका ६ जना कैदी सोमबार रिहा भएका छन् । कैद मिनाहा भएका सबै कैदी कपिलबस्तुका रहेका छन् ।
बाढी पहिरो पीडितलाई प्रदेश सरकारले सहयोग गर्ने
सुदूरपश्चिममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले जनही एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश विपद कार्य समितिको बैठकले मृतकका परिवारलाई एक लाख रुपियाँ र कृयाखर्च २० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
महानगरको टुकुचा उत्खनन अभियान जारी
काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमवार) हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।
दुई दिनमा १५ हजारले लिए अग्रिम टिकट
दशैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।
सिर्जनामा ‘घाचोक’
एउटा सानो उपत्यका झै लाग्ने कास्कीको माछापुछे गाउँपालिका–१ ‘घाचोक’ प्राकुतिक सुन्दरताले भरिएको ठाउँ हो । यहाँको दृश्य मन लोभ्याउँदो छ ।
राना मृत फेला
गुल्मीमा ५५ वर्षीय एक ब्यक्ति मृत फेला पर्नुभएको छ । रेसुङगा नगरपालिका ८ मा रहेको आफनै फर्निचरमा ५५ वर्षीय टोपबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।