बाढी पहिरो पीडितलाई प्रदेश सरकारले सहयोग गर्ने
सुदूरपश्चिममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले जनही एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश विपद कार्य समितिको बैठकले मृतकका परिवारलाई एक लाख रुपियाँ र कृयाखर्च २० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
महानगरको टुकुचा उत्खनन अभियान जारी
काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमवार) हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।
दुई दिनमा १५ हजारले लिए अग्रिम टिकट
दशैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।
सिर्जनामा ‘घाचोक’
एउटा सानो उपत्यका झै लाग्ने कास्कीको माछापुछे गाउँपालिका–१ ‘घाचोक’ प्राकुतिक सुन्दरताले भरिएको ठाउँ हो । यहाँको दृश्य मन लोभ्याउँदो छ ।
राना मृत फेला
गुल्मीमा ५५ वर्षीय एक ब्यक्ति मृत फेला पर्नुभएको छ । रेसुङगा नगरपालिका ८ मा रहेको आफनै फर्निचरमा ५५ वर्षीय टोपबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कात्तिकबाट बागमतीमा सफा पानी : धाप परियोजनाको काम ९८ प्रतिशत सकियो
बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ ।
प्रबन्धक रञ्जितलाई पत्नी शोक
गोरखापत्र संस्थानका प्रबन्धक जुजुकाजी रञ्जितलाई पत्नी शोक परेको छ ।
सरकारले जबरालाई सफाइ दिएको अध्यक्ष ओलीको दावी
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोगमा सफाइ दिएको टिप्पणी गर्नुभएको छ । ओली निवास बालकोटमा आइतबार बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले त्यस्तो टिप्पणी गर्नुभयो ।
मिटरब्याजी रकम तिर्न नसक्दा आत्महत्या
बाराको महागढीमाई नगरपालिका –४ दहियार टोलका सिभिल इञ्जिनियर प्रभात जैसवाल (४०) ले मिटरव्याजको चक्रीय व्याज तिर्न नसक्दा आत्महत्या गरेको खुलेको छ ।