आज जितिया पर्व, प्रधानमन्त्री देउवाद्वारा शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गर्नुभएको छ ।
तीन दिनमा पर्ने पानी तीन घण्टामा
दुई दिनदेखिको अविरल वर्षापछि अछामका पाँचवटा पहाडी बस्तीमा शुक्रबार मध्यरात पहिरो खस्यो । सबैभन्दा ठूलो क्षति तुर्माखाँद गाउँमा भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाले जानकारी दिनुभयो । तुर्माखाँद गाउँपालिका–५, ढकारी गाउँपालिका–५, नाडागाउँ, कमलबाजर नगरपालिका ६ र ८ का गरी पाँच बस्तीमा राति पहिरो खसेको अछाम जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मीनराज आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई दिनदेखि निरन्तरको वर्षा जारी थियो, शुक्रबार एकैचोटि ठूलो वर्षा भएकाले पहिरो गयो ।”
यस कार्यकालमा अभूतपूर्व काम भयो : सभामुख सापकोटा
सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभाको यस कार्यकालमा राष्ट्रियताका सवालमा अभूतपूर्व काम भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज शनिबार बसेको संसद अधिवेशनको अन्तिम बैठकमा सभामुख सापकोटाले सो कुरा बताउनुभएको हो ।
एमाले सचिवालय बैठक बालकोटमा सुरु
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक शुरुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक शुरुभएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।
मुगुमा सुपथ मूल्यमा चामल बिक्री हुने
दशैँ र तिहारलाई लक्षित गरेर शनिबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुले सुपथ मूल्यमा बिक्री गर्ने सहुलियत पसल सञ्चालन गर्नेभएको छ ।
मुक्लीमा सुविधा सम्पन्न सामुदायिक अस्पताल
सोलुखुम्बुको थुलङदूधकोशी गाउँपालिका –६ मुक्लीमा दूधकोशी सामुदायिक अस्पताल तयार भएको छ । दुगर्म गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने ब्यक्तिबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण गरिएको हो ।
विज्ञानका क्षेत्रमा गरिने नयाँ आविष्कारले ठूलो रोजगारी सिर्जना गर्दछ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मानव जीवन सुखी तथा सहज बनाउन वैज्ञानिक खोज अनुसन्धान हुँदै आएको बताउनुभएको छ ।
सरसफाइ अभियन्ता अमात्यको निधन
सरसफाइ अभियन्ता प्रकाश अमात्यको हृदयघातका कारण निधन भएको छ । हृदयघातपछि उपचारको लागि मेडिसिटी अस्पताल लगिएको अमात्यको उपचारकै क्रममा शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
महानगरले गरेका काम श्राेतामा पुर्याउने दायित्वलाई सञ्चारले पूरा गर्नुपर्छ : प्रमुख साह
काठमाडौं महानगरपालिका प्रमुख वालेन्द्र साहले परिवर्तित परिवेशअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरेर महानगरले गरेका कामलाई स्रोतामा पुर्याउने दायित्वलाई सञ्चारले पूरा गर्नुपर्ने बताउनुभएको छ ।