संसदीय गतिविधिलाई प्राथमिकता दिन अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कामलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
महोत्सवका लागि बेनीबजारको सडक पखालियो
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारको सडक शनिबार पखालिएको छ । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको अगुवाइमा बेनी नगरपालिका–७ र ८ नम्बर वडा पर्ने बजार क्षेत्र पखालिएको हो ।
कामपाबाट तीन नमुना विद्यालयलाई ९० लाख उपलब्ध
काठमाडौं महानगरपालिकाले तीन नमुना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नमुना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु ३० लाखका दरले रकम उपलब्ध गराएको हो ।
प्रधानमन्त्री प्रचण्डसँग रासस अध्यक्ष झासहितको टोलीको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईसहित राष्ट्रिय समाचार समिति (रासस) को टोलीले भेट गरी सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराएको छ ।
फुटबलका जादुगर
सन् २०२२ विश्व फुटबल जगत्कै लागि अविस्मरणीय वर्ष बन्न पुग्यो । पहिलो पटक एसियामा आयोजना भएको कतार विश्वकप सफलतापूर्वक सम्पन्न भयो । यस्तै, विश्व फुटबलका नक्षत्र पेलेको यही वर्ष दुःखद निधन भयो । पेलेलाई २०औँ शताब्दीका सबैभन्दा सफल र लोकप्रिय व्यक्तित्वको रूपमा चिनिन्छ । कतार विश्वकप सन् २०२२ को नोभेम्बर २० देखि डिसेम्बर १८ तारिखसम्म चल्यो । यो समय विश्व नै फुटबलमय बन्यो । अन्तिम चरणमा पुगेका मुलुकको पक्ष तथा विपक्षमा रहने फुटबलप्रेमीले विश्वकपलाई जीवन्त बनाइरहेका थिए । तर यही बेला फुटबलका हस्ती पेले ब्राजिलको साओपाउलोस्थित अस्पतालमा पेटको क्यान्सरसँग लडिरहेका थिए । विश्वकप समाप्त भएको ११ दिनमै अर्थात् डिसेम्बर २९ तारिखका दिन पेलेको ८२ वर्षको उमेरमा निधन भयो ।
खत [कथा]
कतार एयरवेजको विमानले कतार र काठमाडौँबीचको दूरी कतिखेर पूरा गरिसकेछ, बिर्खबहादुरले मेसोसम्म पाएन । एकैचोटि अब विमान काठमाडौँ विमानस्थलमा अवतरण गर्न लागेको सुनेपछि ऊ झस्कियो । ‘झ्या काठमाण्डु नै पो आइपुगिसकिएछ’, उसले मनमनै बोल्यो । बीस मिनेटपछि विमान काठमाडौँ विमानस्थलमा उत्रियो । अरू यात्रुहरू जस्तै बिर्ख पनि ‘अनबोर्ड’ भयो । अरूलाई के थियो कुन्नि, बिर्खलाई भने अलि हतारो नै थियो किनभने उसले आजै दिउँसो ३ बजे धनगढीको अर्को विमान चढ्नु थियो ।
ओवनको मोहक मुहार
जीवनमा पहिलो पटक ट्रान्जिट भएर कनेक्टिङ बसको पर्खाइमा छौँ– भाइ अजय र म । दस मिनेटमा अर्को बस आइपुग्छ भनेर पहिलो बसले दोबाटोमा उतारेर गयो । समयको सुईले राति ९ बजेको सङ्केत दिँदैछ । सन् २०२० जनवरीको पछिल्लो लहर, चिसोले ठिहि¥याएको छ । मोबाइलको मुहारमा दुई डिग्री झुल्किएको देखिन्छ । सडक पेटीमा ठडिएको ल्याम्प पोस्टको धूमिल प्रकाशमा पूर्वी दिशातर्फ एकनासे घरहरू लामबद्ध रूपमा सुस्ताएको आकृति देखिन्छ । त्यसको विपरीत पश्चिमपट्टि भने विशाल तलाउ निमग्न छ । एकाध मोटर बेलाबखत बत्तिएर हुइँकिन्छन् । त्यसबाहेक चरोमुसो देखिँदैन ।
चिया तलतल मात्र मेटाउँदैन
बिहान उठ्नेबित्तिकै हामी सुरुप्प चिया पिउँछौँ । घर आएका पाहुना वा साथीभाइलाई चिया दिएर सत्कार गर्छौं । होटल वा रेस्टुरेन्ट पस्नासाथ चिया मागिहाल्छौँ । टाढाबाट आएका पाहुना वा स्नेहीलाई चिया उपहार दिन्छौँ । हिजोआज त साना–ठूला होटलमा चिया पार्टी नै आयोजना गर्ने चलन पनि छ । यसरी चियाको तलतलले कहिल्यै छाड्दैन ।
ऊबेलाको स्वास्थ्य सेवा
कुरो २०२५ सालतिरको हो, विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा अग्जुलरी हेल्थ वर्कर (अहेब) स्कुल महाराजगन्ज, काठमाडौँमा स्वास्थ्य व्यावसायिक तालिम दिइन्थ्यो । यो तालिममा दस कक्षा उत्तीर्ण विद्यार्थी सहभागी हुन्थे । तालिममा सहभागी हुनेले प्रतिमहिना ७५ रुपियाँ निर्वाह भत्ता पाउँथे । तालिम लिइसकेपछि पाँच वर्षसम्म सरकारले खटाएको ठाउँमा जानैपर्ने व्यवस्था पनि थियो । स्वास्थ्यकर्मीको अभाव भएको त्यस समयमा भत्ता दिएर पढाउँदा विपन्न परिवारका विद्यार्थी यसतर्फ आकर्षित हुन्थे । उच्च, मध्यम र निम्न सबै स्तरका स्वास्थ्यकर्मीको ठूलो खडेरी रहेको त्यो समयमा जुनसुकै तहका स्वास्थ्य कार्यकर्तालाई समाजमा उच्च सम्मानका साथ व्यवहार गरिन्थ्यो । त्यतिखेर भारतबाट झिकाइएका केही आवासीय चिकित्सकबाहेक आधुनिक चिकित्सा सेवा प्रदान गर्ने व्यक्तिको अभाव नै थियो ।