सन्त निरंकारी मण्डलको सत्सङ्ग कार्यक्रम सम्पन्न
‘धर्मले जोड्छ, तोड्दैन । धर्म होइन भावना परिवर्तन गरौँ ।।’ नाराका साथ सन्त निरंकारी मण्डल नेपालद्वारा आयोजित बृहत् सत्सङ्ग कार्यक्रम सम्पन्न भएको छ ।
चौधरीको बाध्यता परिवार पाल्न बगरमै बास
कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउनुहुन्छ ।
सांस्कृतिक पहिचानमा चुनौती
नेवार समुदायले नदी किनारमा रहेका अनधिकृत बस्तीले काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको जनाएको छ। बागमतीलगायत काठमाडौँका विभिन्न नदी किनारका अनधिकृत बस्तीले नेवार समुदाय र काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानमाथि चुनौती थपिएको उहाँहरूको भनाइ छ। काठमाडौँ महानगरपालिकाले यहाँ रहेका अनधिकृत बस्ती हटाउने र सम्पदाको संरक्षण गर्ने कार्यमा आफूहरूको पूर्ण समर्थन रहेको नेवार समुदायले जनाएको छ।
म्यानमारका रोहिङ्ग्यालाई नेपाली नागरिकता
म्यानमारबाट आप्रवासीका रूपमा नेपालको शरण लिन आएका रोहिङ्ग्या युवकले नेपालमा झुटा विवरण पेस गरी नागरिकता र राहदानीसमेत लिएको पाइएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा काठमाडौँको कलङ्कीस्थित खसीबजारबाट म्यानमारका नागरिक ३९ वर्षीय मोहमद नुर आलमलाई पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले झुटा विवरण पेस गरी नागरिकता लिएकोबारे अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो।
बुस्टर खोप लगाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ–७ नेपालमा पनि फैलने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकी रहेकालाई छिटो खोप लगाउनसमेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले शनिबार विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो ।
प्रदेश १ मा एक वर्षमा पाँच वटा हात्ती मरे
सुनसरीसहित प्रदेश १ मा एक वर्षमा पाँच वटा जङ्गली हात्तीको मरेका छन् । प्रदेश १ को झापा, सुनसरी र उदयपुर गरेर तीन जिल्लामा वर्षमा पाँच वटा हात्ती मरेका हुन् ।
म्यानमारका नागरिकले नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिएको खुलासा
एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ ।
‘कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ-७ नेपालमा पुष्टि भएको छैन’
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरूमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घद्वारा ‘सुर्खेत घोषणा’ जारी
नेपाल पत्रकार महासङ्घले आचारसंहिताको पूर्ण पालना गरेर जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान गरेको छ।