नवनियुक्त प्रधानमन्त्री दाहाललाई मित्रराष्ट्रको बधाई
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रहरुले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
राप्रपाले सरकारलाई समर्थन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई समर्थन गर्ने भएको छ । सोमबार सर्वदलीय बैठकमा सहभागी हुन नयाँ बानेश्वरस्थित संसद् भवन पुग्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु तत्काल सरकारमा नजाने तर समर्थन मात्र गर्ने बताउनुभएको हो ।
आजै सानो आकारको मन्त्रिमण्डल बनाउने माओवादी केन्द्रको निर्णय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ ।
पल शाहको मुद्दाबारे सुनुवाइ आज हुँदै
नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ आज हुने भएको छ । पाँचौँ पटक स्थगित भएको मुद्दाको सुनुवाइ आइतबार तनहुँ जिल्ला अदालतमा हुन लागेको हो ।
हुम्लाका नदीमा काठेपुलबाटै तर्नुपर्ने बाध्यता
हिमाली जिल्ला हुम्लाका स्थानीयलाई अझै पनि काठेपुलबाट खोला र नदी तर्नुपर्ने बाध्यता कायमै रहेको पाइएको छ । ती खोला तथा नदीहरूमा झोलुङ्गे पुल निर्माण हुन नसकेका कारण स्थानीयले आफ्नै प्रयासबाट निर्माण गरिएको काठेपुल तर्नुपर्ने बाध्यता आइलागेको हो ।
दौलत दाइको जन्मथलो
वि.सं. २०२७ सालमा नेपाली साहित्य संस्थाले बृहत् नेपाली साहित्य सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रम स्थल थियो विराटनगर । त्यो सम्मेलन खास गरेर साहित्य संस्थानका अध्यक्ष कवि केदारमान व्यथितको सत्प्रयासबाट सम्भव भएको थियो । उहाँलाई साथ दिनेहरूमा विजय मल्ल, चित्तरञ्जन नेपाली, खड्गमान मल्ल आदि थिए । सबैको प्रयास र मन्त्री व्यथितको हुटहुटीले कार्यक्रमले अत्यन्त गौरव र लोकप्रियता आर्जन गर्न सफल भएको मलाई लाग्छ । सोही कार्यक्रममा मैले सर्वप्रथम दार्जिलिङ, आसाम र सिक्किमतिरबाट भाग लिन आउनुभएका देवकुमारी थापा, लक्खीदेवी सेवा सुन्दास र लीलाबहादुर क्षेत्रीहरूलाई देखेको ।
‘आँसु त्यसै त्यसै छचल्किन्छ’भित्रका दौलत
वि.सं. २००५ मा शारदा पत्रिकामा ‘ऊ गयो’ नामक कथा प्रकाशित गराएर कथायात्रा आरम्भ गरेका दौलतविक्रम विष्टले कथा र उपन्यास लेखनमा नयाँ मोड ल्याएबापत वि.सं. २०३२ मा महेन्द्र प्रज्ञा पुरस्कार प्राप्त गर्दछन् । उनको छैटौँ कथा सङ्ग्रह आँसु त्यसै त्यसै छचल्किन्छ (२०४८) ले पनि साझा पुरस्कार प्राप्त गरेको देखिन्छ । यस पुरस्कृत सङ्ग्रहमा विभिन्न पत्रिकामा पहिले नै प्रकाशित १४ वटा र यसै सङ्ग्रहमा रहेका दुईवटा गरी १६ वटा कथा सङ्कलित छन् । तीमध्ये २००६ मा लेखिएको र स्वास्नीमान्छे पत्रिकामा २०१५ प्रकाशित पिपासा कथा एउटा हो । यसमा जुद्धशमशेरले साधु हुने निर्णय गरी प्राइमिनिस्टरको जिम्मेवारी पद्मशमशेरलाई सुम्पी घरका कैयौँ धाई, सुसारे, तालिमे नानीलाई बक्सिस दिएर बिदा गरिएमध्येकी एक तालिमे नानीको कथा
तमु ल्होसार धुमधामसँग मनाउने तयारी
‘तमुहरूको आह्वान ! सांस्कृतिक तथा भाषिक समानताका लागि तमुवानको आन्दोलन!!’ भन्ने मूल नाराका साथ तमु ल्होसार “हि ल्हो” (बिरालो वर्ग)–२०७९ मनाइने भएको छ। तमु ल्होसार मूल आयोजक समितिले तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होसार साताव्यापी कार्यक्रमसहित मनाउने तयारी पूरा भएको जनाएको छ। यो चाड “तो ल्हो” (बाघ वर्ग)को बिदाइ तथा “हि ल्हो” (बिरालो वर्ग)को स्वागत गरी मनाइने गर्दछ।
निर्माणाधीन चिस्यान केन्द्र ठेकेदारका कारण अलपत्र
पाल्पाको तानसेन नगरपालिका ७ बाघखोरमा निर्माणाधीन चिस्यान केन्द्र ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । दुई वर्षको अवधिमा सक्नुपर्ने गरी १० बर्सअघि निर्माणको काम सुरु भए पनि हाल सम्म २७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।