• १३ असार २०८१, बिहिबार

नवनियुक्त प्रधानमन्त्री दाहाललाई मित्रराष्ट्रको बधाई

blog

काठमाडौं, पुस ११ गते । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रहरुले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई नेपालस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।

नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिनुभएको हो । दुवै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको बधाई दिनुहुँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताउनुभएको थियो ।

चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ दिनुभएको छ । भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्‍याउने बताउनुभएको छ ।