• २ वैशाख २०८३, बुधबार

आरोग्य दिवस मनाइयो

blog

महेन्द्रनगर, वैशाख २  गते ।  अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीले आज बिहान योगाभ्यास गराइएको छ । 

जीवन विज्ञान प्रतिष्ठानका योग प्रशिक्षकद्वय केदारमान कार्की र विश्वनाथ भट्टराईले योगाभ्यास गराउनुभएको थियो । योगाभ्यासमा दुई सय जना सहभागी थिए । 

त्यस अवसरमा निमित्त बाहिनीपति दिग्विजय सुवेदीले स्वास्थ्यका लागि ध्यान र योग उपयोगी र आवश्यक हुने भएकाले आरोग्यका निम्ति सबैले योगाभ्यास गर्नुपर्नेमा जोड दिनुभयो । रासस