• १२ असोज २०८१, शनिबार

आजै सानो आकारको मन्त्रिमण्डल बनाउने माओवादी केन्द्रको निर्णय

blog

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक । तस्बिर : रासस

काठमाडौं, पुस ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (सोमबार) बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषदमा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय गरेको हो । 

श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ कार्यक्रम राखिएको छ ।

यो पनि पढ्नुहोस