करेन्ट लागेर महिलाको मृत्यु
बाँकेको कोहलपुर –२, बर्दहवाको लक्ष्मण टोलमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शनिबार राती आफ्नै घरमा करिब २५ वर्षिया प्रशंसा आचार्यको करेन्ट लागेर मृत्यु भएको हो ।
बनेपाको आफ्नै फोहोर व्यवस्थापन
पुरानो डम्पिङसाइटमा अवरोध र नयाँ डम्पिङसाइटको व्यवस्थापन गर्न नसक्दा ६५ किलोमिटर टाढा फोहोर व्यवस्थापन गर्दै आएको बनेपा नगरपालिकाले वडामै फोहोर व्यवस्थापनको योजना अघि सारेको छ।
सेनापति शर्मा स्वदेश फिर्ता
अष्ट्रेलियामा आयोजना भएको सेना प्रमुखहरुको सम्मेलनमा सहभागि भई प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । यही साउन ९ गते देखि ११ गतेसम्म अष्ट्रेलियाको सिडनीमा आयोजित ‘बार्षिक चीफ्स अफ डिफेन्स’ ९सिएचओडी० सम्मेलन–२०२२ मा सहभागी रहनु भएका सेनापति शर्मा शुक्रबार स्वदेश फर्किनु भएको छ ।
लुम्बिनीमा २०२ किलोमिटर सडक कालोपत्रे
लुम्बिनी प्रदेशले एक बर्षको अवधिमा २०२ किलोमिटर सडक कालोपत्रे गरेको छ भने २७५ किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ ।
महासङ्घको समन्वयमा १६३ पत्रकारले बनाए राष्ट्रिय परिचयपत्र
पाल पत्रकार महासङ्घका अध्यक्ष सागर न्यौपानेले जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्लास्थित राष्ट्रिय परिचयपत्र एकाइको प्राविधिक सहयोगमा शनिबार जिल्लामा क्रियाशील १६३ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको जानकारी दिनुभयो ।
रासायनिक मलको बोराभित्र ढुङ्गा भेटियो
कपिलवस्तु शिवराज नगरपालिका ६ का कृषकले कृषि सहकारीबाट खरिद गरेको मलको बोराभित्र इँटा र ढुङ्गा फेला परेको छ । नगरपालिकाको वडा ५ मा रहेको रामनारायण कृषि सहकारीबाट खरिद गरिएको मलमा इँटा र ढुङ्गा फेला परेको हो ।
आइतबारको संसदमा प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगबारे छलफल हुने
प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निलम्बित जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको हो ।
भेरी र कर्णाली करिडोरलाई प्राथमिकता दिने: मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले भेरी र कर्णाली करिडोरलाई प्राथमिकता दिने बताउनुभएको छ । विकास र सुशासन नै समृद्धिको आधार भएकाले ठूला योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको हो ।
काठमाडौंको फोहोर व्यवस्थापन गर्न कठिन
विशेष गरी काठमाडौंका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहोरको थुप्रो हुँदा समस्या आएको छ ।