• २० असार २०८१, बिहिबार

करेन्ट लागेर महिलाको मृत्यु

blog

करेन्ट लागेर मृत्यु भएकी आचार्यको घर । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन २२ गते । बाँकेको कोहलपुर –२, बर्दहवाको लक्ष्मण टोलमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शनिबार राती आफ्नै घरमा करिब २५ वर्षिया प्रशंसा आचार्यको करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले आचार्यको करेन्ट लागेर मृत्यु भएको बताउनुभयो । ‘घरभरी नै टुक्रा टुक्रा तारहरु जोडर करेन्ट सप्लाई भएको देखिन्छ, कुन ठाउँबाट करेन्ट लाग्योे पत्ता लागेको छैन । शरिरमा कुनै चोटपटक देखिदैन’ उहाँले भन्नुभयो । 

प्रहरीका अनुसार घटनापछि घटनास्थलमा पुगेका विद्युतका कर्मचारीले घरमा जोडिएका सबै तार निकालेको र विद्युतको लाइन पनि जाँच गरिएको उहाँले बताउनुभयो । आचार्यको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको डीएसपी मल्लले जानकारी दिनुभयो । घटना बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।