• ७ वैशाख २०८१, शुक्रबार

सेनापति शर्मा स्वदेश फिर्ता

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन २१ गते । अष्ट्रेलियामा आयोजना भएको सेना प्रमुखहरुको सम्मेलनमा सहभागि भई प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । यही साउन ९ गते देखि ११ गतेसम्म अष्ट्रेलियाको सिडनीमा आयोजित    ‘बार्षिक चीफ्स अफ डिफेन्स’ (सिएचओडी) सम्मेलन–२०२२ मा सहभागी रहनु भएका सेनापति शर्मा  शुक्रबार स्वदेश फर्किनु भएको छ । 

सम्मेलनका क्रममा सेनापति शर्माले अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा भएको थियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनापति शर्मा प्रधानमन्त्री तथा रक्षामन्त्रिस्तर निर्णय अनुसार घर विदा स्किृति गरी नौ दिन अष्ट्रेलियामा रहनु भएको थियो । 

सेनापति शर्मालाई नेपाली सेनाकाबलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नु भएको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको नेपाली सेनाले जनाएको छ । स्वदेश फिता हुनुभएका प्रधानसेनापति शर्मालाई शनिवार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सम्मान गारतसमेत अर्पण गरिएको छ  । 

अष्ट्रलियामा भएको सैनिक प्रमुखहरुको सम्मेलन तथा छलफल र अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना तथा नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध थप प्रगाड भई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास सेनाले लिएको जनाएको छ ।