दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि गृह प्रवक्ताको संयोजकत्वमा समिति गठन
सरकारले चाडपर्वको बेला हुने दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ ।
शिक्षक सोडारीमाथि अख्तियारको आरोपपत्र दायर
कैलालीको धनगढी उपमहानरपालिका –९, देवहरियास्थित शिव निम्न माध्यमिक विद्यालयमा कार्यरत राहत शिक्षक गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप–पत्र दायर गरेको छ ।
प्रहरी तालिममा एकेडेमीले सहयोग पुग्नेछ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको पनौतीमा निर्माण हुने नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणले नेपाल प्रहरीका अधिकृतको तालिमलाई अन्तर्राष्ट्रिय, अत्याधुनिक र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीविरुद्ध परेको पाँच रिटमा आज सुनुवाइ हुँदै
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति भण्डारी प्रमाणीकरण नगरेको भन्दै बिहीवार पाँच वटा रिट दर्ता भएको थियो ।
पूर्व सचिव भट्टराईको निधन
राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार भट्टराईको बुधबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँ ७७ वर्षको हुनुहुन्थ्यो ।
तीन प्रदेशको पहाडी भूभागमा भारी वर्षा
अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा भारी बर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो क्रम रातिसम्म जारी रहने मौसमविद गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार राति सुदूरपश्चिममा पनि भारी वर्षाको सम्भावना छ ।
स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका –६ को भण्डारामा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा चार सय जना लाभान्वित भएका छन् । विशेषगरी विपन्न, पिछडिएको, असक्त र असहायलाई लक्षित गरी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको श्री नं २ वन तथा पर्यावरण सुरक्षा गणका प्रमुख सेनानी श्री दिपेन्द्र वोगटीले बताउनुभयो ।
‘समानता कायम नहुँदासम्म आरक्षणको विकल्प छैन’
असमानता हटाउन अर्को विकल्प नभएसम्म आरक्षण लागू गर्नुको विकल्प नभएको भन्दै दलित संघ संस्थाले विरोध गरेपछि आयोगले प्रस्ट पारेको हो ।
राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट दर्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।