• ६ जेठ २०८१, आइतबार

विष्णुमती, धोवीखोला जलाधार क्षेत्रमा भारी वर्षा, सतर्क रहन आग्रह

blog

गोंगबु क्षेत्रमा पानीको बहाव बढेपछि गन्तव्यतर्फ जाँदैगरेका यात्रुहरु सकसमा देखिन्छन् । फाइल तस्बिर : सुजन गुरुङ

काठमाडौं, साउन २ गते । काठमाडौंको विष्णुमती, धोवीखोला जलाधार क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले विष्णुमती, धोवीखोला जलाधारमा भारी वर्षा भएको भन्दै सतर्क रहन विष्णुमती, धोवीखोला बस्तीका नागरिकलाई आग्रह गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार दिउँसो सूचना जारी गर्दै धोवीखोला र विष्णुमतीको पानी बस्ती र सडकसम्म आउन सक्ने भएकाले साँझ तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।


महाशाखाका अनुसार विष्णुमती गोङ्गबु बसपार्क बाढी मापन केन्द्रमा जलसहत करिब १.५ मिलिमिटरले बढेको छ ।

त्यस्तै, महाशाखाले सोमबार दिउँसो ११५५ बाट मोबाइलमा सूचना पठाएर त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

सूचनामा भनिएको छ, ‘‘पछिल्लो १ घण्टा काठमाडौंको विष्णुमती, धोवीखोला जलाधारमा भारी वर्षा मापन भएको छ, विष्णुमती गोंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिब १.५ मिटरले बढेको छ, विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्छ, आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं ।’’