नेपालको अर्थतन्त्र सुध्रिने एडिबीको प्रक्षेपण
चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रमा विगतको तुलनामा सुधार आउने एसियाली विकास बैङ्क (एडिबी) ले जनाएको छ ।
आठ महिनामा भित्रियो साढे दस खर्ब रुपियाँ रेमिट्यान्स
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
काठमाडौँ उपत्यकामा वर्षा, तुवाँलो क्रमिक रुपमा हट्ने
काठमाडौँ, चैत २८ गते । हाल काठमाडौँ उपत्यकामा सामान्य वर्षा भइरहेको छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले राससलाई बताउनुभयो । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उहाँले बताउनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ ।महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।त्यसैगरी, आज राति सोही प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा
स्थानीय तहले निःशुल्क रूपमा लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न थालेका छन् ।
वर्षाले राहत
देशका विभिन्न स्थानमा वर्षा भएको छ । लामो समयदेखि वर्षा नहुँदा खडेरीसँगै डढेलो, धुलो र धुवाँका कारण वायुप्रदूषण उच्च हुँदा जनजीवन प्रभावित बनेको थियो ।
निर्वाह भत्ताका लागि आन्दोलनमा चिकित्सक
चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययनरत स्नातकोत्तर तह (पिजी) का विद्यार्थीलाई सरकारी सरह निर्वाह भत्ता दिने निर्णय गरे पनि उक्त निर्णय अझै पनि कार्यान्वयन हुन सकेको छैन ।
राजनीतिक अभियान तीव्र, निर्माण सुस्त
राजनीतिक दलका नेताको आन्दोलन र अभियानको ‘मार्ग’ बनेको हुलाकी राजमार्ग योजनाबद्ध रूपमा निर्माण सुरु भएको दुई दशक पुग्न लाग्दा पनि काम सम्पन्न हुन सकेको छैन ।
समाजवादउन्मुख छ घलेगाउँ
मर्स्याङदी र मिदिम खोलाको शिर । डाँडाको थाप्लोमा झुरुप्प बसेको बस्ती । ढुङ्गा र माटोले बनेका घर । टिनले छाइएका रङ्गिन छाना । पृष्ठभूमिमा झलमल्ल हिमाल । स्वर्गकै एउटा टुक्रा जस्तो ! मुलुककै पहिलो स्मार्ट भिलेज– घलेगाउँ ।
एमाले अछामद्वारा अग्नीपीडिताई सहयोग
जयगढ बजारमा आगलागीबाट पीडितलाई नेकपा (एमाले) अछामले एक लाख ११ हजार रकम सहयोग गर्ने भएको छ । अग्नी पीडितको राहतका लागि एमाले अछामले तत्कालका लागि सहयोग गर्ने घोषणा गरिएको जिल्ला अध्यक्ष चन्द्र बोहराले जानकारी दिनुभयो ।
देवानगञ्जका सुकुम्वासीलाई धनीपुर्जा
सुनसरीको देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ ६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र (लाल पुर्जा) वितरण गरेको छ ।
लुम्बिनी र सुदूरपश्चिम जोड्ने चिसापानी पुलको मर्मत गरिने
लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको प्रवेश द्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मत सम्भार सुरु भएको छ ।
बिना मिटर खेतमा बिजुली पुर्याउन ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
सिँचाइलाई सहज बनाउन सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाले किसानको खेतमा बिना मिटर बिजुली पुर्याउने व्यवस्था गरेको छ ।
मेयरकपको उपाधि वडा ३ लाई
मेयर कपको पुरुष फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेकाे छ ।
नसर्ने रोगका बिरामी बढ्दै
बागलुङमा पछिल्लो समय नसर्ने रोग लागेका बिरामीको सङ्ख्या बढेको पाइएको छ ।
अर्खलाथरमा विद्युत् पुगेपछि स्थानीय खुसी
नवलपरासी पूर्व (नवलपुरको) बौदीकाली गाउँपालिका-५ बबकको अर्खलाथरमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय निकै हर्षित भएका छन् ।
राप्ती नदी तटबन्धको ५० प्रतिशत काम सकियो
राप्ती नदी तटबन्धका लागि ढुङ्गा व्यवस्थापन चुनौती बनेको छ । वर्षाको समयमा राप्ती नदीले बस्तीमा गर्ने डुबान र कटानबाट सुरक्षित गर्नेगरी भइरहेको तटबन्धमा ढुंगाको अभाव देखिएको हो ।
आठ महिनामा सात अर्ब २८ करोड राजश्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको दोश्रो चौमासिकसम्ममा सात अर्ब २८ करोड ६४ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
कोदोखेती गर्ने कृषकलाई गाउँपालिकाले चार लाख दिने
शिवनाथ गाउँपालिकाले कोदोखेती प्रवर्धन गर्न किसानलाई चार लाख रुपियाँ रकम सहयोग गर्ने भएको छ ।
जुम्लामा ७० मेघावाटको विद्युत आयोजना निर्माण हुँदै
जुम्लाको तिला नदीमा ७०.३७ मेघावाटको विद्युत आयोजनाका लागि वातावरण मूल्याङ्कन गरिने भएको छ ।
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला
कैलालीको अत्तरिया बजारस्थित दुर्गा मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
धरान फाइट नाइट वैशाख १२ मा हुने
धरान उपमहानगरमा पहिलो पटक राष्ट्रिय स्तरको आइविए प्रो एन्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट २०२५ आगामी वैशाख १२ गते हुने भएको छ ।
फक्ताङलुङ गाउँपालिकाका विद्यालयलाई योजना सञ्चालनमा रोक
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्र रहेका विद्यालयलाई योजना सञ्चालनमा रोक लगाएको छ ।
जयगढ बजार आगलागी : गाउँपालिकाले ६ लाख सहयोग गर्ने
ग्यासको सिलिण्डर पड्किएर आगलागी भएका पीडितलाई गाउँपालिकाले ६ लाख उपलब्ध गराउने भएका छन् ।
पाँच वर्षपछि कालीगण्डकीमा पुल निर्माण
कोरोना महामारी लगायत विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले ढिलाई गर्दा निर्धारित समयभन्दा पाँच वर्ष ढिला गरी बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकीमा पुल निर्माण भएको छ ।