गोरखा-जितगढी एकीकरण पदयात्रामा निस्कियो नेपाली सेना
तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्राको सुरु भएको छ ।
पहिराे खस्दा कर्णाली राजमार्गकाे सिम्लागार्डमा अवरुद्ध
पहिरोको कारण कर्णाली राजमार्ग अवरूद्व भएको छ ।
पर्यटकको रोजाइ बन्दै रामपुरको तालपोखरा
गर्मीयाम बढेसँगै तालपोखरामा पर्यटकको चहलपहल बढ्न थालेको छ । रामपुर नगरपालिका–६ स्थित तालपोखरामा यतिबेला घुम्न जाने आन्तरिक पर्यटक आउने जाने क्रम बाक्लिँदै गएको छ ।
नमुना पशुपक्षी अस्पतालको भवन निर्माण सुस्त
ठेकेदारको लापरबाहीले गर्दा तनहुँमा निर्माणाधीन नमुना पशुपक्षी अस्पतालको भवन अलपत्र परेको छ ।
गाडी मर्मत गर्ने क्रममा च्यापिएर एकको मृत्यु
म्याग्दीको धबलागिरि गाउँपालिकामा गाडी मर्मत गर्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ ।
हावाहुरी र वर्षाले सल्यानका विद्यालय र घरमा क्षति
अविरल वर्षासँगै आएको हावाहुरीले सल्यान जिल्लाका विभिन्न स्थानमा ठुलो क्षति पुर्याएकाे छ ।
मिनी ट्रक र कन्टेनर ठोक्किँदा चालक घाइते
सर्लाहीको बरहथवा नगरपालिका–७, दुधडेरी चोकमा बिहीबार बिहान मिनी ट्रक र कन्टेनर ठोक्किँदा दुवै सवारीका चालक घाइते भएका छन् ।
महाधिवेशनको समयावधि एक वर्ष थप्ने प्रवल सम्भावना : कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रसको पन्ध्रौ महाधिवेशनको समयावधि एक वर्ष थप्न सकिने प्रवल सम्भावना रहेको बताउनुभएको छ ।
दुर्गालक्ष्मीमा नेवि सङ्घका महरा प्यानलसहित विजयी
कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) का भुवन महरा निर्वाचित हुनुभएको छ।
बजेट अभावले पुल निर्माण अलपत्र
लमजुङमा निर्माणाधीन चार वटा मोटरेवल पुल बजेट अभावका अलपत्र परेका छन् । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएका यी पुललाई बजेट नआएपछि काम हुन सकेको छैन ।
हावाहुरीले पोल ढलेपछि बाँकेमा विद्युत सेवा अवरुद्ध
बाँकेमा बुधबार राती आएको भिषण हावाहुरीका कारण ठाउँठाउँमा विद्युतका पोल ढलेर क्षतिग्रस्त भएपछि जिल्लाका अधिकांश स्थानको विद्युत सेवा बुधवार रातीबाटै अवरुद्ध भएको छ ।
२० वटा फार्मेसीमा आठ लाख मूल्यको म्याद सकिएका औषधि बरामद
सल्यान जिल्लामा म्याद सकिएका औषधि तथा सर्किजल सामग्रीहरू बिक्रीका लागि राखिएको भेटिएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको समन्वयमा जिल्ला प्रशासन कार्यालय सल्यान र औषधि व्यवस्था विभाग नेपालगन्जको संयुक्त अनुगमन टोलीले झन्डै ७ लाख ९८ हजार ६ सय ९२ रुपैयाँ बराबरका म्याद सकिएका औषधिहरू बरामद गरेको हो ।
गुल्मी महोत्सव सात दिन पछि सर्यो
रमेश विश्वकर्मागुल्मी, चैत २८ गते । गुल्मीको सदरमुकाम तम्घासमा शुक्रवार (भोलि) देखि हुने भनिएको दोस्रो गुल्मी महोत्सव आगामी वैशाख पाँच गतेबाट सुरु हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “गुल्मी जिल्लाको समृद्धिको आधार ः कृषि, पर्यटन, उद्योग र व्यापार’’ भन्ने मुख्य नारासहित रेसुङ्गा नगरपालिकाको वडा नम्बर – २ नुनथलामा महोत्सव गर्न लागिएको हो । यस जिल्लाका विभिन्न कला, संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको गुल्मी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले जानकारी दिनुभयो । वैशाख १७ गतेसम्म चल्ने यस महोत्सवबाट जिल्लाको आर्थिकलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको प्रचारप्रसारसँगै उत्पादनको प्रवर्द्धन गरिने बताइएको छ । यसअघि वैशाख १२ गतेसम्म महोत्सव सञ्चालन गर्ने भनिएको थियो । विविध प्राविधिक कारणले महोत्सवलाई सारिएको आयोजकले जनाएको छ । महोत्सवलाई सफल बनाउन निकै क्रियाशील भएर सबै लागिएको छ । महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन १७ वटा उपसमिति गठन गरिएको छ । महोत्सवमा विभिन्न संस्कृति र झाँकीसहित जिल्लाका स्थानीय खानालाई समेत प्रचार प्रसार गरिनेछ । स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको दिनहुँ प्रस्तुति बताइएको छ । महोत्सवमा स्थानीय व्यापारीलाई स्टलमा छुट हुनेछ । त्यसै गरी फेन्सी व्यवसायी सङ्घलाई पाँच वटा स्टल निःशुल्क र २० वटा स्टल ८० प्रतिशत छूटमा उपलब्ध गराउने सहमति भएको छ । महोत्सवमा दुई सयभन्दा बढी स्टलहरू रहनेछन् । महोत्सवबाट ३० करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखिएको भने डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रति व्यक्ति सय रुपियाँ प्रवेश शुल्क तोकिएकोमा विद्यार्थीको लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध हुनेछ । अपाङ्ग, ज्येष्ठ नागरिक र पाँच बर्सभन्दा मुनिका बालबालिकाको लागि महोत्सव अवलोकन गर्न शुल्क नलाग्ने बताइएको छ ।
हिमपातपछिको निलगिरि हिमाल
मुस्ताङ, चैत २८ गते । मुस्ताङमा बुधबार राति अविरल वर्षासँगै हिमपातपछि सेताम्मे देखिएको निलगिरि हिमाल । मुस्ताङको थासाङ क्षेत्र हुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङमा बेमौसमी हिमपात भएसँगै डाँडाकाँडा, बस्ती र हिमाल सेताम्मे भएका छन् । तस्बिरः रासस
कम्प्युटर अपरेटरसहित चार जना अख्तियारको फन्दामा
लक्ष्मी तिमिल्सेनाजमुनाह, चैत २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अपरेटरसहित चार जनालाई नियन्त्रणमा लिएको छ । बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जनालाई बुधवार नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । ठाकुर सहित सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरद कुमार गोराथोकी अखितयारले नियन्त्रणमा लिएको हो ।उनीहरू चार जनाले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जबाट संयुक्त रूपमा खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।उनीहरूले प्रयोग गर्ने गरेका विद्युतीय उपकरणसहित बाँके जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
चार महिनाअगावै सडक कालोपत्रे
पैसा नभएको र काम गर्ने उपयुक्त समय नभएको भन्दै निर्माण कम्पनीले पटक पटक म्याद थपेर काम गरिरहेका छन् । समय गुजारेर काम गरेका निर्माण कम्पनीहरू कारबाहीमा समेत परेका छन् ।
मकवानपुरमा बस दुर्घटना: ३० जना घाइते
अनिल पराजुलीहेटौँडा, चैत २८ गते । धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३० जना घाइते हुनुभएको छ । बुधवार राती ९ बजेर ३० मिनेटको समयमा बा प्र ०६–००१ ख ०२७० नम्बरको बस दुर्घटना भएको हो । बस दुर्घटनामा मकवानपुर भिमफेदी–३ बुल्मिङका ४६ वर्षीय श्रीराम बज्यू, भिमफेदी–५ ज्यामिरेका ५५ वर्षीय रिता कुमारी मगर, चितवन राप्ति नगरपालिका–२ गडौलीका २९ वर्षीय पशु डा. सरोज ओझा, उहाँको श्रीमती २७ वर्षीय रेश्मा सुवेदी, भिमफेदी–२ निगालेका ४५ वर्षीय दिलीप राज बुलन, भिमफेदी–५ सुपिङका ५१ वर्षीय यदुनाथ पुडासैनी, मकवानपुरगढी–३ मक्रान्चुलीका ४२ वर्षीय नारायण प्रसाद शर्मा, हेटौँडा–११ थानाभर्याङका २९ वर्षीय उज्ज्वल राना मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।त्यस्तै बस दुर्घटनामा भिमफेदी गाउँपालिका कार्यपालिका सदस्य भिमफेदी–६ टारगाँउ बस्ने ४५ वर्षीय सुमित्रा लामा, भिमफेदी–६ बस्ने ५५ वर्षीय सानी आले, भिमफेदी–९ भदौरेका ३२ वर्षीय सुदिप पराजुली, भिमफेदी–२ चौकीडाँडाका २७ वर्षीय सुयास पाख्रिन, भिमफेदी–९ झिरघारीका २७ वर्षीय शुभाष रुम्बा, भिमफेदी–६ झिरघारीका ५२ वर्षीय हित चन्द्र मोक्तान, भिमफेदी–२ का वडाध्यक्ष ४९ वर्षीय काशीराम बज्यू, भिमफेदी–५ अकोटेका २५ वर्षीय अनिल स्याङबो घाइते हुनुभएको छ ।दुर्घटनामा हेटौँडा–१८ का २५ वर्षीय रुबिन घर्ती, भिमफेदी–३ का ५३ वर्षीय बुद्धिसिंह दोङ, भिमफेदी–८ का ३९ वर्षीय सिता थिङ, ३५ वर्षीय सूर्य माया घलान, भिमफदी–१ का ५० वर्षीय करणध्वज पाख्रिन, हेटौँडा–१८ हर्नामाडीका २९ वर्षीय बिमल ढुङ्गाना घाइते हुनुभएको हो । बस दुर्घटनामा भिमफदी–४ चिउरीबगैचाका ४० वर्षीय कृष्णहरी गाहा मगर, भिमफेदी–७ मान्डुका ३८ वर्षीय सुजन प्रजा, भिमफेदी–८ गँगटेका ४३ वर्षीय मान बहादुर लामा, भिमफेदी–१ सानुटारका ४२ वर्षीय राजेन्द्र कुमार स्याङतान, भिमफेदी गाँउपालिका कृषि प्राविधिक २९ वर्षीय सानु कान्छा घिसिङ, पशु प्राविधिक ३१ वर्षीय पुष्पलाल बज्यू, भिमफेदी–३ का ४८ वर्षीय अर्जुन तामाङ र सहचालक उदयपुर रौतामाई गाउँपालिका–५ का ३२ वर्षीय सतिह दाहाल घाइते हुनुभएको हो । भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा अगुवा कृषकहरू भ्रमणमा गएर सिन्धुली हुँदै हेटौँडा आउने क्रममा बस सडकको मोडमा पल्टिएको हात्तीसुँढे प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक जनककुमार तामाङले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरका प्रहरी नायव निरीक्षक रामशरण दुलालको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको हो । घाइतेहरूको हेटौँडा अस्पताल, मकवानपुर सहकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बकैया क्लिनिकमा उपचार भएको हो । थप उपचारका लागि भरतपुरको नयाँ र पुरानो मेडिकल कलेजमा घाइतेहरूलाई पठाइएको छ । घाइतेहरूको हात, खुट्टा, टाउको र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । बसका चालक फरार रहेको र खोजी कार्य भइरहेको छ । ३५ सिट रहेको बसमा ३१ जना सवार हुनुहुन्थ्यो ।
विपत् उद्धारमा जानकार रहन आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् उद्धार सम्बन्धमा सबै नागरिक जानकार रहनुपर्ने बताउनुभएको छ ।
दुर्घटनामा असईको मृत्यु
ज्योति पन्थीबबई(बर्दिया) २८ गते । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका सहायक प्रहरी निरीक्षक टोप बहादुर बस्नेतको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत रहेका बस्नेत बुधवार नेपालगन्जबाट गुलरिया आउँदै गर्दा गुलरिया नेपालगन्ज सडक अन्तर्गत हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए । बस्नेतले चलाएको मोटरसाइकल टयाक्कटरको ट्रलीमा ठोकिएर घाइते भएको र उनलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटो मानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताउनु भयो । बस्नेत फरार अभियुक्त खोज्ने क्रममा बाकेको पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बुद्ध शिक्षा पढ्न भारतबाट मुस्ताङ
भारतको अरुणाञ्चल प्रदेशका तेन्जिङ मोन्पा मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचे झिलिङ्घमा अवस्थित नालन्दा बौद्ध विद्यालयमा कक्षा ५ मा पढ्नुहुन्छ ।
इलामसँगै सुरु भएको बैतडीको चिया खेती कान्लामै सीमित
बैतडी, चैत २८ गते । कुनै बेला चियाका लागि प्रसिद्ध मानिने बैतडी खलङ्गाको चिया बगान अहिले खेतका आली र कान्लामा सीमित भएको छ । बैतडीमा चिया खेती हुन्छ भने कुरा अहिले सर्वसाधारणलाई मात्र होइन, कृषि क्षेत्रमा काम गर्ने सरकारी निकायका पदाधिकारीलाईसमेत थाहा छैन । सदरमुकामको गढी आसपास क्षेत्रका केही घरमा अहिले पनि बैतडीकै चियाको उपभोग हुने गरेको छ । यद्यपि सरकारी उदासीनताका कारण व्यावसायिक खेती भने हुन सकेको छैन । दशरथचन्द नगरपालिका–४, खलङ्गाको गढी क्षेत्रमा राणा कालमै सरकारी स्तरबाट चिया बगान स्थापना भएको पूर्व प्रहरी अधिकृत एवं स्थानीय ८४ वर्षीय वीरबहादुर चन्दले बताउनुभयो । बैतडीको चिया भारतको उत्तराखण्डसम्म जाने गरेको उहाँले बताउनुभयो । खलङ्गाको चिया पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घर कुरकुटियाँसम्म कोसेलीका रूपमा जाने गरेको उहाँले स्मरण गर्नुभयो ।उहाँले भन्नुभयो, “इलाम र बैतडीमा सँगसँगै चिया खेती सुरु भएको हो । इलामको चिया विश्वभरि परिचित छ तर, बैतडीको चिया बगान मासिएर खेतका आली र कान्लामा सीमित हुन पुगेको छ । खलङ्गाका विभिन्न ठाउँको नाम नै चियाबारी, खोला बारी रहेका थिए । चिया बगानसँगै ती ठाउँका नाम पनि हराए । यो साह्रै दुःखको कुरा हो ।” खलङ्गा स्थित जिल्ला अदालत पछाडिको आफ्नो बारीमा अहिले पनि चियाका बोट रहेको प्रकाश चन्दले बताउनुभयो । उहाँले घरायसी प्रयोजन र आफन्त नातागोतालाई आफ्नै बारीको चिया उपभोगका लागि दिने गरेको बताउनुभयो । अधिकांश ठाउँमा स्याउला सोतरका रूपमा गाईबस्तुको गोठमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“ १५÷२० बोटले घरका लागि वर्षभरि चिया खान पुग्छ । टिप्न छाडेका केही बोटका हाँगा बढेर फल लाग्ने गरेको छ । हाँगामा फलेका दाना बिउका रूपमा आफै उम्रिन्छन् । खेत जोत्ने बेला आफै उखेलिएर नष्ट हुन्छ ।” चैतदेखि वैशाखसम्म मुना टिपेर घरका लागि चिया पत्ती बनाउने गरेको उहाँले बताउनुभयो । थप्दै उहाँले भन्नुभयो, “ चियाको मुना टिपेर एक रात ओइलाउन दिन्छौँ । भोलीपल्ट हातले माडेर कपडामा पोको पारेर राख्छौँ । तेस्रो दिन सुकाउन राखेपछि बास्नादार चिया पत्ती तयार हुन्छ । बजारको चिया मिठो लाग्दैन । बैतडीको चिया जस्तो वासनादार पनि हुँदैन ।”आफ्नो बारीमा पनि चियाका बोट रहेको खलङ्गाका विकास चन्दले बताउनुभयो । अर्का स्थानीय सुदर्शन खड्काको बारीमा पनि चियाका बोट रहेको उहाँले बताउनुभयो । चिया खेतीका लागि राम्रो सम्भावना भए पनि यो विषयमा सरकारी स्तरबाट खोज अनुसन्धान हुनु पर्ने उहाँले बताउनुभयो । खलङ्गाका केही स्थानमा चियाका बोट रहेको आफूले पनि सुनेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । बैतडीमा कफी खेती भने राम्रो देखिएका बेला व्यावसायिक रूपमा चिया खेती फस्टाउन नसकेको उहाँले बताउनुभयो । चिया खेती गर्ने कुनै किसान पनि कार्यालयको सम्पर्कमा आएका छैनन् । यद्यपि यो विषयमा स्थलगत निरीक्षण गर्ने उहाँले बताउनुभयो । नेपालमा चियाको इतिहासतथ्याङ्क अनुसार वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त भएको चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा नेपालमा चिया खेतीको सुरुवात भएको मानिन्छ । कर्णेल थापा जङ्गबहादुर राणाका ज्वाँई थिए । थापाले जङ्गबहादुरकी जेठी छोरी वदनकुमारीसँग बिहे गरेका थिए । चिनिया सम्राट्बाट उपहारमा प्राप्त भएको चियाको बिरुवा जङ्गबहादुरको आदेश इलामका तत्कालीन बडाहाकिम तथा कर्णेल गजराजलाई दिएपछि नेपालमा चिया खेतीको औपचारिक सुरुवात भएको मानिन्छ । बैतडीमा कहिलेदेखि चिया खेती सुरु भयो ? भन्ने यकिन तथ्याङ्क नभए पनि इलामसँगै त्यति बेलाका अड्डा गौडाका बडा हाकिमको पहलमा बैतडीमा चिया खेती सुरु गरिएको स्थानीय ८४ वर्षीय वीरबहादुर चन्दको भनाइ छ । उहाँले प्रहरीमा नोकरी गर्ने बेला आफू इलाम पुग्दा त्यहाँका स्थानीयले बैतडीको चिया बगान कस्तो छ ? भनेर आफूलाई सोधेको बताउनुभयो ।
नमुना विद्यालयकै नतिजा कमजोर
घोराहीमा नमुना विद्यालयको नतिजा कमजोर देखिएको छ । उपमहानगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को नतिजामा नगरले नमुना विद्यालय बनाएका विद्यालयकै नतिजा कमजोर देखिएको हो ।
पानी किन्नुपर्ने बाध्यता अन्त्य हुँदै
दशकौँदेखि खानेपानीको समस्या झेल्दै आएका गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ र २ को माथिल्लो बस्तीका स्थानीयले यो वर्षदेखि राहत पाउने भएका छन् ।
‘मुलुक बनाउन सहकार्य’
पूर्वअर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।