आकाश भैरव बाह्रबर्से जात्राको तयारी
काठमाडौँ उपत्यकाको ठुलो चाड इन्द्रजात्रामा लाखे, पुलुकिसी र हल्चोक आकाश भैरवको नाच विशेष आकर्षणका रूपमा रहेको हुन्छ । यी नाच इन्द्रजात्रामा मात्र निकालिन्छ । श्री हल्चोक आकाश भैरवको भने हरेक १२ वर्षमा गण नाच पनि निकालिन्छ ।
वाल पेन्टिङको क्रेज
कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा वाल पेन्टिङको क्रेज बढ्दै गएको छ । होटेल, रेस्टुरेन्ट, कफी सप, विद्यालय तथा घरमा पर्यटकीय क्षेत्र, महान् व्यक्तित्व, कलासंस्कृतिको वाल पेन्टिङ गराउने क्रम बढ्दै गएको छ । पेन्टर पनि वाल पेन्टिङको क्रेज बढेकामा खुसी छन् ।
निक्षेप परिचालन तथा कर्जा प्रवाह बढ्यो
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप दुई खर्ब ७७ अर्ब २३ करोड अर्थात् ४.३ प्रतिशतले बढेको छ ।
नेपाल र भारत व्यापार सहजीकरणबारे वार्ता
नेपाल र भारतबिचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनु र अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीबिच काठमाडौँमा वार्ता सुरु भएको छ ।
निजी क्षेत्र समृद्धिको सारथि : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्र सरकारको सारथि भएको बताउनुभएको छ ।
तयार भयो सगरमाथा चढ्ने बाटो
यस वर्षको वसन्त ऋतु (स्प्रिङ सिजन) मा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा छ जना आइसफल डाक्टरसहित नौ जनाको टोलीले सगरमाथा आधार शिविरबाट निर्माण सुरु गरेको आरोहणको बाटो सम्पन्न गरेको हो ।
बाह्र वटा मुद्दामा पुनरावेदन
विगतमा आफूले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
म्यानमारका भूकम्पपीडितलाई राहत सामग्री हस्तान्तरण
नेपाल सरकारले म्यान्मारका भूकम्पपीडितलाई खाद्यान्नसहितको राहत सामग्री सहयोग गरेको छ । परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा प्राधिकरणका उच्च अधिकारीसहित बुधबार म्यान्मार गएको टोलीले म्यान्मारको परराष्ट्र मन्त्रालयलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।
भ्रष्टाचारजन्य सम्पत्ति जफत सुरु
सार्वजनिक पदधारण गरी अनुचित व्यक्तिगत लाभका लागि पद तथा अधिकारको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउने व्यक्तिको सम्पत्ति जफत गर्ने कार्य सुरु गरिएको छ ।
प्राकृतिक चिकित्साले चामत्कारिक उपचार
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन स्वास्थ्योपचारका लागि थुप्रै मुलुक धाउनुभयो ।
राक्सिराङ गाउँपालिका भवन निर्माण अन्तिम चरणमा
चेपाङ जातिको उद्गम मानिएको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक
नेपालका सबैभन्दा लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई आकर्षक डिजाइन र उपयोगी फिचरहरू प्रदान गर्ने उद्देश्य उद्देश्यले सो अपडेट सार्वजनिक गरिएको हाम्रो पात्रोले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा लगानी तथा विकास सम्मेलनको तयारी तीव्र
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारीका लागि सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरिएको छ।
चट्याङ लागेर १३ भेडा मरे
चट्याङ लागेर अछामको रामारोशनमा १३ भेडा मरेका छन् । रामारोशन गाउँपालिका–६ भाटाकाटियाको किर्किटेमा परेका चट्याङले भेडा मरेका हुन् ।
करेन्ट लागेर एकको मृत्यु
रौतहटको ईशनाथ नगरपालिका ३ मा करेन्ट लागेर बिहीबार नाबालकको मृत्यु भएको छ ।
मकवानपुरका दस पालिकालाई एक अर्ब २३ करोड बढी राजस्व बाँडफाँड अनुदान
सङ्घीय सरकारमार्फत् मकवानपुर जिल्लाको दस पालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १ अर्ब २३ करोड २२ लाख रुपियाँ राजस्व बाँडफाँडबाट अनुदान पाउने भएका छन् ।
प्रादेशिक अस्पताल जलेश्वर जलमग्न, बिरामीलाई समस्या
प्रादेशिक अस्पताल जलेश्वरको गेटमै दुई फिटभन्दा बढी पानी जमेपछि उपचारका लागि आउने बिरामी र कुरुवाहरूलाई समस्या भएको छ ।
भूकम्पको जोखिममा रहेका १५१ आवासीय घरको बीमा
भूकम्पको अत्यधिक जोखिममा रहेका नेपालगन्ज उपमहानगरका दुई वटा वडाका पुराना र जिर्ण अवस्थामा रहेका १५१ वटा आवासीय घरको बीमा गरिएको छ ।
प्रथम नेपाल खो-खो लिगको उपाधि नेचर नेस्ट टाइगर्स
प्रथम नेपाल खो-खो लिग प्रतियोगिताको उपाधि नेचर नेस्ट टाइगर्सले पाएको छ । नेचर नेस्टले खो-खो खेलमा ४६ अङ्क ल्याएको हो ।
पोखराको पृथ्वीचोकमा ट्रकको ठक्करबाट एकको मृत्यु
पोखरा महानगरपालिका ९, पृथ्वीचोकमा बिहीबार दिउँसो ट्रकको ठक्करले एक जनाको मृत्यु भएको छ ।
धनकुटामा कोप्चे उत्सव हुने
चैत ३१ गतेबाट धनकुटामा तेस्रो कोप्चे उत्सव हुने भएको छ ।
असिनापानीले गहुँबाली नष्ट
बाजुरामा असिनापानीले गहुँबाली नष्ट पारेपछि यहाँका किसान निकै चिन्तित भएका छन् ।
हावाहुरीले लाखौँको क्षति, तानसेन महोत्सव स्थगित
हावाहुरीसँगै आएको वर्षाले पाल्पाका विभिन्न स्थानमा क्षति पुर्याएकाे छ । चैत २२ गतेदेखि जिल्ला सदरमुकाम तानसेनमा सञ्चालित दोस्रो तानसेन महोत्सव स्थगित भएको छ।
संरक्षणको पर्खाइमा चन्द्रभोगा गढी
सप्तरीको शम्भुनाथ नगरपालिका २ मा अवस्थित एेतिहासिक र पुरातात्विक महत्त्व बोकेका चन्द्रभोगा गढी संरक्षणको पर्खाइमा छ ।