बल्ल काठमाडौँमा वर्षा
काठमाडौँ, चैत २८ गते । काठमाडौँको तारकेश्वर नगरपालिका १० स्थित मनमैजु लोकतान्त्रिक चोकमा बिहीबार बिहान वर्षा भएपछि छाता ओढेर आफ्नो गन्तव्य तर्फ जाँदै सर्वसाधारण । तस्बिरः रासस
उदाहरणीय कृषि
कृषिप्रधान भनेर चिनिने मुलुक नेपालमा यताका वर्षमा भने यो क्षेत्रको राम्रो खबर सुन्न, देख्न तथा पढ्न बिरलै पाइन्छ ।
सिद्धबाबा माविलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रदान
टोपलाल अर्यालरेसुङ्गा, चैत २८ गते । गुल्मीको सिद्धबाबा माविले अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्ह प्राप्त गरेसँगै अझै नवीनतम काम गर्नुपर्ने चुनौती थपिएको छ । गुणस्तर चिन्ह प्राप्त गर्न विद्यालयमा आधारभूत पक्ष राम्रो भए पुग्छ । तर, अन्तर्राष्ट्रिय गुणस्तर भएको प्रमाणपत्र प्राप्त गर्न अझै महत्त्वपूर्ण ३० सूचक पुरा गर्नुपर्ने भएकाले आफूहरू गम्भीर भएर विद्यालय सुधारको पक्षमा काम गर्ने सिद्धबाबा माविका प्रधानाध्यापक डोर विक्रम श्रीसले बताउनुभयो । अबको सूचकहरू भनेको विद्यालयको भौतिक पक्षसँगै रिजल्टसँग सम्बन्धित भएकाले चुनौतीसँग अवसर पनि रहेको श्रीसले बताउनुभयो । ग्लोबल क्वालिटी काउन्सिल काठमाण्डौले गुल्मी क्षेत्र नं १ का सांसद डाक्टर चन्द्र भण्डारी मार्फत विद्यालयलाई चिन्ह प्रदान गरेको थियो । काउन्सिलले दिएका ५० सूचक मध्ये २० वटा सूचकमा काम भएपछि चिन्ह प्रदान गर्ने गरिएको छ । शिक्षा, स्वास्थ्यसँगै स्थानीय तहमा समेत काम काउन्सिलले काम गरिरहेको ग्लोबल क्वालिटी काउन्सिल काठमाडौँको आइएसओ प्रतिनिधि तथा तालिम संयोजक नारायण प्रसाद दवाडीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्हले कामको प्रारम्भ मात्रै हुने भएकाले ८० प्रतिशत सूचक पुरा भएपछि प्रमाणपत्र प्रदान गरिने दवाडीले बताउनुभयो । उहाँका अनुसार विद्यालयको सरसफाइ, अग्नि सुरक्षा, प्राथमिक स्वास्थ्य सामग्री, गेट व्यवस्थापन, कक्षा कोठा व्यवस्थापन, विद्यालय र आइएसी लोगोको प्रदर्शन, गुणस्तरको नीति र उद्देश्य, मानव स्रोत व्यवस्थापन नीति, आपतकालिन सम्पर्क नम्बर सार्वजनिक, गुणस्तरीय पाठ योजना तथा सामग्री निर्माणको अवस्थाको मूल्याङ्कन हुने गर्दछ । साथै सफा खानेपानी र कार्यालय व्यवस्थापन प्रारम्भिक सूचक हुन् । आफूहरूले नियमित रूपमा अनुगमन, सीप, तालिम र मार्गदर्शन दिएपछि विद्यालयले प्रमाणपत्रको लागि माग गर्ने दवाडीले बताउनुभयो । उहाँले जिल्लामै पहिलो पटक सिद्धबाबा माविले अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्ह प्राप्त गरेको जानकारी दिनुभयो । बिस २०४३ सालमा स्थापना भएको सिद्ध बाबा माविमा एक हजार ५५० विद्यार्थी रहेका छन् । विद्यालय शिक्षक र स्टाफ गरेर ७० जना रहेको विद्यालयका छन् ।
अर्थ राजनीति र छिमेकी मुलुक
अर्थ राजनीतिको उत्पत्ति पुँजीवादी समाज व्यवस्थाको विश्लेषणका रूपमा भएको हो ।
तेमाल जात्रासम्बन्धी स्थायी समिति नहुँदा सांस्कृतिक अतिक्रमण भएको गुनासो
काठमाडौँ, चैत २८ गते । विश्वसम्पदा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएर विश्वसम्पदा सूचीमै सूचीकृत स्वयम्भू क्षेत्रमा समाप्त हुने तेमाल जात्रासम्बन्धी स्थायी समिति नहुँदा सांस्कृतिक अतिक्रमण भएको सरोकार भएकाहरूको गुनासो छ ।तेमाल जात्राका बारेमा तामाङ पत्रकार सङ्घले बुधबार आयोजना गरेको अन्तरक्रियामा काठमाडौँ महानगरपालिका–१५ का वडाअध्यक्ष ईश्वरमान डङ्गोलले जात्रा स्वयम्भू क्षेत्रमा टुङ्गिने भए पनि यो क्षेत्रमा स्थायी खालको व्यवस्थापन समिति नबन्दा जात्रामा सांस्कृतिक अतिक्रमण सुरु भएको बताउनुभयो । ऐतिहासिक जात्रा मनाउन स्थायी खालको मूल व्यवस्थापन समिति नभएकै कारण समस्या आएको बताउनुभयो । तेमाल जात्रामा तामाङ मौलिक गीत, फापरे गीत गाउनुपर्नेमा डिजे गीतहरूले अतिक्रमण भइरहेको डङ्गोलको भनाइ थियो । यस्तो विकृति रोक्न तामाङ समुदाय नै लाग्नुपर्ने उहाँको सुझाव थियो ।अनुसन्धानकर्ता रवीन्द्र तामाङले तेमाल जात्राका अवसरमा राज्यले दुई दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्नुभयो । जात्राबारे प्रस्तुति दिँदै उहाँले तेमाल नेपालकै पहिलो ऐतिहासिक जात्रा भएको दाबी गर्नुभयो । स्वयम्भूको उत्पत्तिसँग जोडिएको तेमाल जात्राको महत्व दर्शाउन सार्वजनिक बिदा दिनुपर्ने उहाँको भनाइ थियो । तामाङको प्रस्तुतिमा लेखक मोक्तान दुववाङ्गेल र पत्रकार मायालु ङेसुरले टिप्पणी गर्नुभएको थियो । लेखक मोक्तानले इतिहासलाई वैज्ञानिक आधारसहित लेख्न नसके असफल हुने बताउनुभयो । तेमाल जात्राको नामकरण बौद्धकै बासिन्दाले गरेकाले नाममा विवाद निकाल्न नहुने उहाँको भनाइ थियो ।अनुसन्धानकर्ता अजितमान तामाङले सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक हिसाबमा आएको यस जात्रामा मीठा खानेकुरासमेत खाइने बताउनुभयो । जात्रा काठमाडौँका विभिन्न भागमा अरू जातिले पनि मनाउने उहाँको भनाइ थियो ।अन्तरराष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामाले यो पर्व तामाङहरूको पहिचान भएको बताउनुभयो । पर्यटन व्यवसायी एवं तामाङ रिमठिम पर्यटन समाजकी अध्यक्ष सरिता लामाले पर्यटकलाई आकर्षित गर्न तेमाल जात्राको पूर्वाधार आवश्यक रहेका बताउनुभयो । तेमाल जात्राको ट्रेल र पूर्वाधार तयार भए पर्यटकलाई सम्पदा घुमाउन सहज हुने लामाको भनाइ थियो । चैत्र शुक्ल पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपबाट सुरु हुने तेमाल जात्रा भोलिपल्ट अर्थात् वैशाख कृष्ण प्रतिपदाका दिन सूर्योदयसँगै स्वयम्भूमा पुनः आरम्भ भएर साँझपख आकाशमा पूर्णचन्द्र देखिएपछि समाप्त हुने परम्परा छ । यसपटक यो पर्व चैत २९ गते र ३० गते परेको छ । जात्रा मनाउन बागमती प्रदेशका तामाङहरू काठमाडौं आउने गर्छन् । बौद्ध तामाङ कल्याण गुठीले बौद्ध क्षेत्रमा यो जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
गभर्नर नियुक्तिको प्रसङ्ग
नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नर को होलान् ? बैङ्क र वित्तीय संस्थालाई मात्र होइन, गभर्नरले गर्ने निर्णयले प्रत्येक नेपाली तथा देशकै आर्थिक गतिविधि प्रभावित हुन्छ ।
राष्ट्रपतिद्वारा महावीर जयन्तीको शुभकामना व्यक्त
काठमाडौँ, चैत २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले आज दिनुभएको शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।राष्ट्रपति पौडेलले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।
बजेट तर्जुमाअघि सोच्नुपर्ने विषय
अर्थ मन्त्रालयले २२ चैत २०८१ को सूचनामार्फत आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ ।
बैतडीका दुई क्याम्पसमा नेविसंघ, एकमा अनेरास्ववियुको नेतृत्व
केशब राज भट्ट(बाशलिङ्ग) बैतडी चैत २८ गते । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका बैतडीका तीन ओटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) निर्वाचन सम्पन्न भएको छ । बुधवार सम्पन्न निर्वाचनमा दुई ओटा क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एक ओटामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरूको संयुक्त प्यानल निर्वाचित भएको छ ।जिल्ला सदरमुकाम गोठलापानीको जगन्नाथ बहुमुखी क्याम्पसमा नेविसंघको पुरै प्यानलसहित सभापतिमा रोशन भट्ट एक सय एक मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडुले ५० मत ल्याउनुभएको जगन्नाथ बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत हरिदत्त भट्टले बताउनुभयो । मेलौली स्थित मणिलेक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेविसंघका मनोज दत्त ओझा प्यानलसहित विजयी हुनुभएको हो । उहाँले ४८ मत ल्याउनुभएको थियो । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत ल्याउनुभएको भने अखिल क्रान्तिकारीबाट अध्यक्ष पदकी उम्मेदवार कल्पना भट्टले २१ मत ल्याउनुभएको छ ।यस्तै पाटन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानल निर्वाचित भएको छ । पाटन क्याम्पसको सभापतिमा अनेरास्ववियुका सन्जु भण्डारीले एक सय पाँच मत ल्याएर निर्वाचित हुनुभएको छ । पाटनमा स्वतन्त्र समूहका उम्मेदवार गौतम अवस्थीले ५५ मत र नेवि सङ्घकी उम्मेदवार माधवी भट्टले १६ मत ल्याउनु भएको पाटन बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत उत्तम भण्डारीले बताउनुभयो ।विश्वविद्यालयले चैत्र १३ गते बुधवार मतदाता नामावली प्रकाशित गर्दै चैत्र १७ गते उम्मेदवारी दर्ता र चैत २७ गते मतदानको तालिका तोकेको थियो ।
प्रतिगमन असफल
राजतन्त्र पुनर्स्थापना गर्न चाहने दल तथा समूहद्वारा आह्वान गरिएको चैत १५ को आन्दोलन अन्ततः असफल हुन पुगेको छ ।
स्ववियु निर्वाचन: दार्चुलामा नेविसंघ र गोकुलेश्वरमा अनेरास्ववियु विजयी
कृष्णबहादुर धामी दार्चुला चैत २८ गते । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत पर्ने जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा गठबन्धनका साझा उम्मेदवार नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू र गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार सुनिल डाँगा विजयी हुनुभएको छ । दार्चुला बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ खसेको कुल मत ४४९ मध्ये गठबन्धनका साझा उम्मेदवार नेविसंघका प्रकाश बडूले २२२ मत प्राप्त गरी विजयी हुनुभएको सहायक क्याम्पस प्रमुख एवं निर्वाचन अधिकृत करणसिंह साउँदले जानकारी दिनुभयो । अनेरास्ववियुका खडकसिंह ठगुन्नालाई पराजित गर्दै नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट नेविसंघका प्रकाश बडू प्यानलसहित विजयी हुनुभएको हो ।बडूका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका खडकसिंह ठगुन्नाले १९१ मत प्राप्त गर्नुभयो । सभापतिमा स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले २० मत मात्रै प्राप्त गर्नुभयो । स्ववियु सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका लालसिंह महर २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ, भने अनेरास्ववियुका दिपुसिंह महताले २१५ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा गठबन्धनका जगतसिंह धामी २४० मत प्राप्त गर्दै विजयी हुँदा अनेरास्ववियुका कुसुम धामीले २०३ मत प्राप्त गर्नुभयो । दार्चुला बहुमुखी क्याम्पसमा समानुपातिकतर्फ ४३६ मत खसेको थियो । बुधवार बेलुकी छ बजेपछि सुरु भएको मतगणना राती एघार बजेपछि मात्रै सम्पन्न भएको थियो । यसैबिच जिल्लाको अर्को क्याम्पस गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुनिल डाँगा प्रत्यक्षतर्फ खसेको कुल मत २३० मध्ये १०५ मत प्राप्त गर्दै विजयी हुनु भएको निर्वाचन अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिनुभयो । गोकुलेश्वरमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनका साझा उम्मेदवार नेविसंघका नरेश विष्टले १०२ मत प्राप्त गर्नुभयो । स्ववियु सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका नवराज भट्ट १२५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ, भने स्ववियु कोषाध्यक्षका उम्मेदवार गठबन्धनका अम्मरा धामी र अनेरास्ववियुका रेजिना विष्टले सामान १०८ मत प्राप्त गर्दा गोला प्रथाबाट गठबन्धनका उम्मेदवार अम्मरा धामी विजयी हुनुभएको छ । जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसमा ४८५ मतदाता हुन, भने गोकुलेश्वर बहुमुखी क्याम्पसमा २६४ मतदाता हुन् ।
‘माया के हो’ सार्वजनिक
गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको स्वर रहेको गीत ‘माया के हो ?’
सकियो ‘कुस्ती’ को छायाङ्कन
चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको छ । ३९ औँ दिनमा छायाङ्कन सकिएको निर्माता तथा निर्देशक अनिल योन्जनले जानकारी दिनुभयो ।
‘रक्तदाता एप्स’ सञ्चालन गर्न कन्सर्ट
रक्तदातालाई सजिलै पहिचान गर्न र आवश्यक परेको रगत लिन ‘रक्तदाता एप्स’ सञ्चालन गरिने भएको हो । सो एप्समा सबै रक्तदाताको समूह विभाजन गरी राखिने छ । बेँसीसहर युथ सोसाइटीले एप्स निर्माण गर्न लागेको हो ।
सुटिङ गन्तव्यमा हुनै छाडे चलचित्र छायाङ्कन
कुनै बेला पोखरा सुटिङका लागि मुख्य गन्तव्य स्थल मानिन्थ्यो । आधाभन्दा बढी प्रतिशत सुटिङ पोखराका सुन्दर दृश्यसँगै हुन्थे ।
ललितकलामा थाङ्का/पौभा प्रदर्शनी
नेपालको समृद्धिका लागि नेपाली परम्परागत कला, हस्तकलाको महत्वलाई राज्यले चिनेर, बुझेर यस क्षेत्रमा लगानी र बजारीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।
भारतीय पर्यटक तान्ने योजनामा व्यवसायी
कोशी पर्यटन वर्ष–२०८२ को औपचारिक उद्घाटन आउन लाग्दा पर्यटन व्यवसायीले भारतीय पर्यटकसँगको सम्बन्ध जोड्ने कार्यक्रमको तयारी गरेका छन् ।
प्रविधिमैत्री कृषि पेसातर्फ आकर्षित बर्दियाका कृषक
बर्दिया जिल्लाका कृषक प्रविधिमैत्री कृषि पेसातर्फ आकर्षित हुँदै गएका छन् ।
मुक्तिनाथ गुठीको सत्र हजार रोपनी जग्गा रैतानमा परिणत
मुस्ताङ, चैत २८ गते । यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक छ वटा गाविसमा रहेको यस मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन् ।मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद अर्यालले म्याग्दीमा रहेको सदार्वत गुठी संस्थानको ठूलो क्षेत्रफल जग्गा निजी सरह बनाइसकेको जानकारी दिनुभयो । म्याग्दीको राखुस्थित भगवती, पिप्ले, मौवाफाँट, कटुवाल, दोवा र दानामा अवस्थित गुठीको कुल २८ हजार ८९३ रोपनी क्षेत्रफल जग्गामध्ये १७ हजार ५४५ रोपनी जग्गा रैताने बनाइएको उहाँले जानकारी दिनुभयो । त्यसबेला म्याग्दीको राहुघाटसम्म मुस्ताङ जिल्ला रहेको सदस्यसचिव अर्यालले बताउनुभयो ।मुक्तिनाथ मन्दिरमा जाने भक्तजनहरूको सेवासुविधाका लागि तत्कालीन राजाले त्यस क्षेत्रको खेतीयोग्य जमिन र वनजङ्गललगायत जग्गा मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहने गरी सदार्वत गुठी संस्थान स्थापना गरेको भइतिहास छ । संस्थानको सो जग्गा नियमानुसार स्थानीयले भोगचलन गर्न पाउने र त्यसबापत आम्दानीको केही हिस्सा मुक्तिनाथ मन्दिरमा बुझाउनुपर्ने प्रावधान तोकिएको थियो । जग्गा भोगचलन गर्दै आइरहेकाहरूलाई जग्गा रैतानेमा परिणत गर्न पाउने व्यवस्थाअनुसार तोकिएको शुल्क सदार्वत गुठीलाई बुझाएर जग्गा निजी बनाइएको समितिका सदस्यसचिव अर्यालको भनाइ छ । त्यसबापत मालपोत कार्यालय म्याग्दीद्वारा गुठी संस्थानको अक्षय कोषमा रु ११ लाख ७५ हजार ७१३ जम्मा भएको तर त्यसको हिस्सा मुक्तिनाथ मन्दिरलाई प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।अब गुठीका नाममा ११ हजार २४८ रोपनी क्षेत्रफल जग्गा बाँकी छ । त्यो जग्गा गुठीकै नाममा सुरक्षित रहेको छ । यसैगरी, मुक्तिनाथ मन्दिरका नाममा साबिक मुक्तिनाथ गाविस–१÷ङ को कित्ता नं १ देखि ३३ सम्मको क्षेत्रफलमा ४९३ रोपनी १३ आना जग्गा रहेको जनाइएको छ । साबिक मुक्तिनाथ गाविस–१÷ग को कित्ता नं ३०० र ३०१ कित्तामा छ रोपनी १२ आना जग्गा मुक्तिनाथ धर्मशालाको नाममा रहेको सदस्यसचिव अर्यालले जानकारी दिनुभयो ।
पाँच करोडको लगानीमा बाख्रा फार्म
बैतडीका निर्माण व्यवसायी सुरेश चन्दले ग्वाल्लेकगाउँमा पाँच करोड रुपियाँको लगानीमा बाख्रा फार्म सुरु गर्नुभएको छ । फार्ममा अहिले डेढ सय बाख्रा रहेका छन् ।
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना व्यक्त
काठमाडौँ, चैत २८ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ । जैन धर्मका २४औँ तीर्थंकर महावीरको दुई हजार ६२४औँ जन्मजयन्ती ९जन्म कल्याणक दिवस०का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिने बताउनुभयो । शुभकामना सन्देशमा उहाँले यस दिवसले सिङ्गो मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा सहयोग पुर्याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । “यो दिवसले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई बलियो बनाउने अवसर प्रदान गर्दछ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ, “भगवान् महावीरले अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्य आदर्शलाई प्रतिपादन गर्नुभयो । यसले धार्मिक दृष्टिसँगै सामाजिक र सांस्कृतिक रूपमा पनि हामीलाई एउटा सुन्दर देश र समाज निर्माणको दिशामा अग्रसर हुन प्रेरित गर्दछ ।”
सामुदायिक बिउ बैङ्कहरू सङ्कटमा
सरकारी निकायले बेवास्ता गर्दा कोशी प्रदेशका सामुदायिक बिउ बैङ्कहरू सञ्चालन नहुने अवस्थामा पुगेका छन् ।
म्यान्मारका भूकम्पपीडितलाई राहत सामग्री
नेपाल उद्योग वाणिज्य महासङ्घले म्यान्मारका भूकम्पपीडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ । महासङ्घ विपत् व्यवस्थापन समिति सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधिमार्फत राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरूसँग ‘डेडिकेटेड फिडर र ट्रङ्क लाइन’ को बाँकी बक्यौता रकम यकिन गरेर तत्काल उठाउन निर्देशन दिनुभएको छ ।