गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २८ गते । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको स्वर रहेको गीत ‘माया के हो ?’ सार्वजनिक गरिएको छ । काठमाडौँको जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीतका सङ्गीतकार अर्जुन पोखरेल, निकेश खड्का, अभिनेता आकाश श्रेष्ठ, अभिनेतृ उगेन छोदेनको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको हो । प्रेमराजा अधिकारीको शब्द रहेको गीतको भिडियोलाई कुलेखानीको मनोरम दृश्यमा छायाङ्कन गरिएको छ ।
ङागस्तो दोर्जी योन्जनले निर्माण गर्नुभएको गीतको भिडियोमा हरि हुमागाईंको छायाङ्कन, सुवास तिमल्सेनाको शृङ्गार, कुसुम बुटिकको ड्रेस, विकास धमलाको सम्पादन रहेको छ । गीत ङागस्तोकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।