निःशुल्क आँखा शिविर सञ्चालन
कालीकोट जिल्लाको मान्ममा निःशुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन भएको छ ।
दार्चुलाका शिक्षकले पाए तलब, भत्ता
गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीको तलब विद्युतीय सूत्र प्रणाली (इएफटी) मार्फत मासिकरूपमा प्रदान गर्न थालेको हो ।
दाउन्ने सडक : बिस किलोमिटर जाम, यात्रुको बिचल्ली (फोटो फिचर)
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्नेमा चिप्लो बाटोका कारण सवारी साधन चल्न नसक्दा यात्रुको बिचल्ली भएको छ । राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक
दिङ्बोचे, चैत २९ गते । मौसम खुलेपछि शुक्रबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ दिङ्बोचेबाट सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक । तस्बिरः रासस
सुशील गर्बुजा हत्यामा संलग्न थप नौ जनालाई एक वर्ष कैद सजाय
एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई जिल्ला अदालत म्याग्दीले एक÷एक वर्ष कैद सजायको फैसला गरेको छ । यसअघि हत्याका मुख्य अभियुक्त ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।
मुक्त कमैयाको पीडा: जग्गाको पोत तिर्छन् तर स्रेस्ता कायम हुँदैन
सन्तोष दहितदाङ, चैत २९ गते । दाङको राप्ती गाउँपालिका–२, मुक्तिनगरका मुक्त कमैया डिल्ली चौधरीले मालपोत तिर्न थालेको दुई दशकभन्दा बढी भइसक्यो । उहाँले हरेक वर्ष स्थानीय तहमा गएर भूमि कर तिर्नुहुन्छ । तर दुई दशक बित्दा पनि मालपोत कार्यालयले जग्गाको स्रेस्ता कायम गरिदिएको छैन । “मालपोत कार्यालय र नापी शाखा धाउँदा धाउँदै थाकिसकेँ, अझै स्रेस्ता कायम भएको छैन,” उहाँले भन्नुभयो ।सरकारी कर्मचारीले स्रेस्ता कायम नगरी वर्षौँदेखि झुलाइरहेको उहाँले गुनासो गर्नुभयो । उहाँले २०५७ सालदेखि जग्गा भोग चलन गर्दै आएको बताउनुभयो । उहाँले २०५८ सालमा पाँच कट्ठाको जग्गाधनी प्रमाणपत्र पाउनुभएको थियो ।यस्तै कमलप्रसाद कुमालको पनि समस्या उस्तै छ । उहाँ पनि बर्सेनि मालपोत त तिर्दै आउनुभएको छ, तर उहाँको नाममा स्रेस्ता कायम हुन सकेको छैन । “जति पटक गए पनि काम हुँदैन, रित्तो हात फर्काउँछन्,” कुमाल गुनासो गर्नुभयो ।डिल्ली र कमलप्रसाद त उदाहरण मात्रै हुनुहुन्छ । मुक्तिनगरका १६ मुक्त कमैया परिवारको साझा समस्या यही हो । दुई दशकदेखि जग्गाको स्रेस्ता कायम गर्न सदरमुकाम धाइरहेका छन् । तर जति कोसिस गर्दा पनि केही सीप नलागेको उहाँहरूको गुनासो छ ।सरकारले २०५७ साउन २ मा कमैया मुक्तिको घोषणा गरेपछि जमिनदारको घरबाट मुक्त गराउँदै सामुदायिक वन क्षेत्रको सरकारी जग्गामा बसोबासको व्यवस्था गरेको थियो । त्यही क्रममा राप्ती गाउँपालिका–२ स्थित कालिका सामुदायिक वनको जग्गामा संयुक्त बस्ती बनाएर १२६ परिवारलाई बसालेको थियो ।प्रतिपरिवार पाँच कट्ठाका दरले जग्गा पाएका थिए। त्यसपछि भूमि सुधार तथा व्यवस्था मन्त्रालयले गठन गरेको मुक्त कमैया पुनः स्थापनाका लागि गठित जग्गा दर्ता समितिले जग्गाको प्रमाणपत्र पनि दिएको थियो । २०५८ जेठ १० मा उनीहरूले जग्गाधनी प्रमाणपत्र पाएका थिए ।त्यसका आधारमा उनीहरूले हरेक वर्ष मालपोत पनि तिर्दै आएका छन् । १२६ मध्ये ११० परिवारको स्रेस्ता कायम पनि भएको छ । बाँकी १६ परिवारको भने अहिलेसम्म स्रेस्ता कायम गराउन नसकिएको मुक्त कमैया समाज, दाङका अध्यक्ष हरिशचन्द्र चौधरी बताउनुभयो । “मालपोत कार्यालय विभिन्न बहानामा जग्गा स्रेस्ता कायम गर्न आलटाल गरिरहेको छ,” अध्यक्ष चौधरीले भन्नुभयो ।
दुई प्रदेश जोड्ने कालीगण्डकीमा बन्यो पक्की पुल
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण भएको छ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने पक्की पुल निर्माण भएसँगै दुई वटा प्रदेशका नागरिकलाई आवतजावतमा सहज बनेको छ ।
मुग्लिङ–पोखरा सडक: ४८ प्रतिशत प्रगति
काठमाडौँ र पूर्वी नेपाललाई पर्यटन राजधानी पोखरासँग जोड्ने सडक सहज हुँदै गएको छ । पोखरादेखि मुग्लिङसम्मको सडक स्तरोन्नतिले गति लिँदा पछिल्लो समय कास्कीको पोखरा महानगर क्षेत्रमा पनि तीव्र गतिमा काम भइरहेको छ । यसअघि मापदण्डका संरचना, बिजुली पोल, खानेपानी पाइप व्यवस्थापन जस्ता समस्याले काम सुस्त थियो ।
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
प्रवीणकुमार शर्मारौतहट, चैत २९ गते । रौतहटको मौलापुर नगरपालिका वडा नं. ३ गम्हरियामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मौलापुर नगरपालिका वडा नं. ३ गम्हरिया को ४५ वर्षीया सीतादेवी साह कानु रहेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।बिहीबार विपरीत दिशा आइरहेको ना ६० प ३४३८ नं. को मोटरसाइकल चिप्लिँदा मौलापुरबाट गम्हरियातर्फ आइरहेको प्रदेश २ –०३– ००१ त ३५२४ नं. को ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार साहको घटनास्थलमा मृत्यु भएको मौलापुर नगरापालिका वडा नं. ३ का वडा अध्यक्ष महेश महतो कोइरिले बताउनुभयो ।मोटरसाइकल चालक मृतक साहका श्रीमान् लखिन्द्र साह कानु सामान्य स्वास्थ्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । ट्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय मौलापुरको नियन्त्रणमा छ । ट्याक्टर चालक सन्देश साह फरार रहेको तथा घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक प्रवेश कार्कीले बताउनुभयो ।
अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका
कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किनुभएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
कोशी पर्यटन वर्ष घोषणा : उत्साहित पर्यटन व्यवसायी
कोशी प्रदेश सरकारले बुधबार २०८२ लाई कोशी पर्यटन वर्षका रूपमा घोषणा गरेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । गुराँसको राजधानी टिएमजे क्षेत्रको तेह्रथुमस्थित आरआर गा
घडियालको गुँड पहिचान गर्दै निकुञ्ज
घडियाल गोहीका बच्चा उत्पादन गर्न चितवन राष्ट्रिय निकुञ्जले खोलामा गोहीका अन्डा सङ्कलनको पूर्वतयारी गरेको छ । निकुञ्जको राप्ती नदी किनारमा घडियाल गोहीले अन्डा पार्नका लागि गुँड तयार गर्दछ ।
पहरो काटेपछि गुड्न थाले मोटर
कालीकोटको नरहरिनाथ गाउँपालिकाको लालुदेखि पचालझरना र बाजुराको सिमानासम्म जोड्ने लालुलैफु राजमार्ग निर्माणका लागि पहरो काटेर छिचोलेपछि मोटर चल्न थालेका छन् ।
नीलतुथो अर्जुनक
ताप्लेजुङ, चैत २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा देखिएको नीलतुथो अर्जुनक चरा । तस्बिरः रासस
लागुऔषधमुक्त पालिका घोषित
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई लागुऔषधमुक्त गाउँपालिका घोषणा गरिएको छ । लागुऔषध प्रयोग गर्नेहरू फेला नपरेको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्नका लागि बुधबार लागुऔषधमुक्त गाउँपालिका घोषणा गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
प्रदेश सुरक्षा योजना निर्माण
पछिल्लो समय वीरेन्द्रनगरमा सुरक्षा चुनौती बढ्दो क्रममा छ । सङ्घीयता कार्यान्वयनसँगै प्रदेश राजधानी वीरेन्द्रनगरको जनघनत्व दिनानुदिन बढ्दो छ । सोही अनुपातमा सवारीसाधनको चाप पनि बढ्दै गएको छ ।
कोरला नाकाबाट सामान ल्याउन पहल
उपल्लो मुस्ताङका व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकाबाट घरायसी प्रयोजनका लागि मात्र नभई व्यावसायिक रूपमा सहज हुने गरी सामान ढुवानीको वातावरण बनाउन आग्रह गरेका छन् ।
आगलागीपीडितलाई सहयोग
जयगढ बजारमा आगजनीबाट पीडितलाई विभिन्न निकाय र व्यक्तिबाट सहयोग जुट्न थालेको छ । अग्निपीडितलाई प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल र व्यक्तिगत रूपमा समेत सहयोग जुट्न थालेको छ ।
अर्थतन्त्र सुधारको दिशामा
विश्वका कुनै पनि देशको अर्थतन्त्र अहिले समस्यामुक्त छैन ।
समाजवादी आन्दोलनको औचित्य
नेपालमा समाजवादी पार्टीहरूले मुलुकलाई समाजवादमा अगाडि बढाउने लक्ष्य लिए पनि रणनीतिक योजनासहित अगाडि बढ्ने कार्यदिशा अगाडि सार्न सकेका छैनन् । त्यसरी समाजवादलाई पार्टी विधान र दस्ताबेजमा मात्र सीमित राखेर समाजवाद अगाडि बढाउन सकिँदैन ।
दुर्गा प्रसाईँ पक्राउ भन्दै मिडियाबाट गलत प्रचार: प्रहरी
काठमाडौँ, चैत २९ गते । नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ । प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध गर्नुभएको छ ।
चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते
खोटाङ, चैत २९ गते । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते हुनुभएको हो । छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको असरका कारण कृष्णमाया बेहोस बन्नुभएको आफन्तले बताएका छन् । स्थानीयका अनुसार चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो । चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमायालाई बेहोस अवस्थामा भेटिएको बताइएको छ । देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ । देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ । उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पुर्याउनुभएको प्रवक्ता बस्नेतले बताउनुभयो । यसैबीच, खोटाङमा करिब सात महिनापछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । गत असोजपछि वर्षा नभएको जिल्लामा पहिलोपटक बिहीबार वर्षा भएको हो । लामो समयपछि वर्षा भएसँगै हिउँदे बाली लगाएका किसान खुसी भएका छन् । करिब छ घण्टा लामो वर्षा भएपछि किसान वर्षेबालीका लागि खेतबारी खनजोत गर्ने तथा बाली लगाउने तयारीमा जुटेका छन् ।