• २ असार २०८२, सोमबार

‘मुलुक बनाउन सहकार्य’

blog

तस्बिर : बाबुराम कार्की वराहक्षेत्र नगर अस्पतालमा आँखा उपचार कक्षको उद्घाटन गर्नुहुँदै पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की ।

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, चैत २८ गते  । पूर्वअर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । वराहक्षेत्र नगर अस्पतालमा सञ्चालनमा ल्याइएको आँखा उपचार कक्षको उद्घाटन गर्न वराहक्षेत्र आइपुगेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य कार्कीले यस्तो बताउनुभएको हो । 

समृद्ध नेपाल बनाउन सबै एक भएर लाग्नुपर्नेमा जोड दिँदै मुलुकको दिगो विकास साथै उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्ने नेता कार्कीको भनाइ छ । उहाँले भन्नुभयो, “मानिस स्वस्थ भए मात्रै देशको विकासमा सहज हुने हुँदा सबैले आआफ्नो तह र ठाउँबाट स्वास्थ्य क्षेत्रको विकासमा जोड दिनु पर्छ ।”

नगर अस्पतालमा चौबिसै घण्टा इमर्जेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्सरे, फिजोयोथेरापी सेवा र हप्ताको दुई दिन आँखा उपचार सेवा हँुदै आएकामा तिलगङ्गा आँखा अस्पताल र गोल्छा आँखा अस्पतालको संयुक्त लगानीमा नगर अस्पताल परिसरमा तीनकोठे भवन निर्माण गरी आँखा उपचार कक्षको उद्घाटन गरिएको छ । आँखा उपचार कक्षमा मोतीविन्दुको समेत शल्यव्रिmया गरिने जनाइएको छ । 

छ वर्षअघि स्थापना भएको वराहक्षेत्र नगर अस्पतालमा २०७६ सालदेखि चौबिसै घण्टा आकस्मिक सेवा सुरु हँुदै आएको छ । अस्पतालले गत साउनबाट नौ शøयाको आकस्मिक कक्ष सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष वराहक्षेत्रका नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । उहाँले बिरामीलाई आकस्मिक सेवा प्रदान गर्न आकस्मिक कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो । अस्पतालको आफ्नै आन्तरिक स्रोतबाट आकस्मिक कक्ष सञ्चालनमा ल्याएको उहाँले जनाउनुभयो । 

नगर अस्पतालमा वर्षको ३६५ दिनै निःशुल्क बहिरङ (ओपिडी) सेवा सञ्चालन हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । नगरवासीको स्वास्थ्यमा पहँुच पु¥याउन अस्पतालको थप सेवा विस्तारमा सहयोग पु¥याउँदै आएको नेता कार्कीले बताउनुभयो । नगरवासी आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा सुविधा लिनबाट वञ्चित हुन नपरोस् भनेर स्वास्थ्य क्षेत्रलाई समृद्ध बनाउन आफू लागिपरिरहेको उहाँको भनाइ छ । 

हाल अस्पतालमा छ मेडिकल अफिसर (एमबिबिएस) डाक्टर, हेल्थ असिस्टेन्ट तीन, अहेव दुई र नर्स÷अनमी १२ जनालगायत ५९ जना करारमा कर्मचारी रहेका छन् । अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले अस्पतालमा थप विशेषज्ञ सेवा अन्तर्गत फिजिसियन, बालरोग, गाइनो, दाँतलगायतका सेवा सञ्चालन गरिने बताउनुभयो ।

दैनिक नगर अस्तालमा दुई सयदेखि तीन सय जनासम्म उपचारका लागि बिरामी आउने गरेका छन् । बिहान ७ देखि बेलुकी ७ बजेसम्म सार्वजनिक बिदाका दिनमा समेत अस्पतालले सेवा उपलब्ध गराउँदै आएको छ । वराहक्षेत्र नगर अस्पतालले वर्षको ३६५ दिन नै सार्वजनिक बिदा र शनिबारसमेत बिहान ७ देखि बेलुकी ७ बजेसम्म बहिरङ्ग सेवा र आकस्मिक सेवा दिँदै आएको छ । 

महेन्द्रनगर, प्रकाशपुर, मधुवन, श्रीलङ्का टप्पु, भरौल र वराहक्षेत्रका स्थानीय उपचारका लागि नगर अस्पताल आउने गरेका छन् । अस्पतालले नेपाल सरकारको बिमा बोर्डले सुविधा थैली अन्तर्गत दिएको आयुर्वेदिक औषधीसहित एक हजार १८५ प्रकारका औषधी डाक्टरको सिफारिसमा बिरामीलाई निःशुल्क वितरण गर्दै आएको वराहक्षेत्र अस्पताल प्रशासनले जनाएको छ ।