नौरते नेपाली
सिंजा (जुम्ला), चैत २८ गते । पहिरोको कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधधार राति भएको वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो । जुम्ला(सुर्खेत जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको बताइएकाे छ ।
पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत जुम्ला खण्डको कालिकोटस्थित खाँडाचक्र नगरपालिका वडा नम्बर ८ को सिम्लागार्डमा सडक पूर्ण रूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै राजमार्गको कालिकोट खण्डमै थप दुई स्थानमा सडक अवरुद्ध भएको छ । सान्नी त्रिवेणी गाउँपालिका-३ सिस्नेगार्ड सुर्खेत, कालिकोटको रास्कोट नगरपालिका-८ भार्तडीमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हो । भार्तडी क्षेत्र कर्णाली काेरिडोर अन्तर्गत पर्दछ ।
बुधवार साँझदेखि भीषणा वर्षा,हावा हुरी सहित चट्याङ पर्दा ढुङ्गा सहित पहिरो आएर राजमार्ग अवरुद्ध हुँदा सयौ यात्रु बाहक तथा मालबाहक सवारी अलपत्र परेका छन् ।