आजदेखि विश्व खोप सप्ताह
काठमडौँ, वैशाख ११ गते । आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ । आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ । विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवद्र्धन गर्नु हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ । बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ । ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नारायका साथ यो वर्ष खोप सप्ताह मनाइँदैछ । सूचना प्रविधिको क्षेत्रमा केटीहरुलाई पनि समान रुपमा अवसर दिनुपर्ने जोड दिँदै समावेशी डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिमा केटीहरू शीर्षकमा आज किर्गिस्तान र इस्लामिक गणतन्त्र मोरिटानियामा डिजिटल विकास र नवीन प्रविधिबारे भौतिक रुपमा उपस्थित भएर तथा श्रव्यदृश्यका माध्यमबाट छलफल गरिने छ । अन्तरराष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै परेको छ । यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो । अन्तरराष्ट्रिय शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धतालाई दोहो¥याउँदै विश्वका १४४ राष्ट्रका सरकार प्रमुख एवं प्रतिनिधिले अन्तरराष्ट्रिय बहुपक्षीयता दिवस मनाउने प्रस्ताव गरेका थिए ।
रोजगारीबाट फर्किएकालाई स्वास्थ्योपचारको व्यवस्था
वैदेशिक रोजगारीका क्रममा स्वास्थ्य समस्या परेर स्वदेश फर्किएका श्रमिकको शारीरिक तथा मानसिक स्वास्थ्य परामर्श तथा उपचारको व्यवस्था गर्ने निर्णय भएको छ ।
पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको : अर्थमन्त्री
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको भएको बताउनुभएको छ ।
मौसमः अत्यधिक गर्मीको सम्भावना
काठमाडौँ, वैशाख ११ गते । जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति तातो हावाको लहरसम्बन्धी विषेश बुलेटिन जारी गर्दै उक्त सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।विभागले भनेको छ, “आगामी दुई दिनसम्म मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ । लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा आगामी दुई दिन तातो लहरकोसमेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।”जारी विशेष बुलेटिनमा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको उल्लेख छ । साथै मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाइएको छ । सम्भावित असर विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरु जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरु अपनाउन हुन अनुरोध गरेको छ ।सावधानीका उपाय तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने ९घाममा बढी नदेखिने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित ९पटकपटक पानी तथा झोल पदार्थ ९जुस, सर्वत, आदि० प्रशस्तमात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ । यस महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमासमेत सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने भएकाले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुनसमेत अनुरोध गरिएको छ ।
आज लोकतन्त्र दिवस
काठमाडौँ, वैशाख ११ गते । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।”निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो । जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ । राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पु¥याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ । विसं २०६२÷६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
कृषिमै भविष्य खोज्दै नौ युवा
पछिल्लो समय कृषि क्षेत्रमा व्यावसायिक लगानी गर्ने कम हुँदै गएका छन् । यस क्षेत्रमा लाग्नेभन्दा छोड्नेको सङ्ख्या बढिरहेका बेला धुर्कोट गाउँपालिका–५ को वस्तु गानटारीमा नौ जना युवाले सामूहिक कृषि सपना अगाडि बढाएका छन् ।
घटे बैङ्क तथा वित्तीय संस्था
पाँच वर्षमा बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या १५५ बाट १०७ मा झरेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार २०७७ असार मसान्तमा १५५ वटा रहेका बैङ्क तथा वित्तीय संस्था चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तमा १०७ म झरेका हुन् ।
दोब्बरले बढ्यो धानचामल आयात
चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा धानचामल आयात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म ३२ अर्ब १२ करोड रुपियाँको धानचामल आयात भएको छ ।
अनावश्यक परीक्षण कटौती गर्न सुझाव
स्वास्थ्य बिमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अस्पतालमा हुने अनावश्यक परीक्षण कटौती गरी आम्दानी बढाउने उपाय सुझाएको छ ।
सङ्घीय संसद्को माथिल्लो सदनले ऐन कार्यान्वयनको मापन गर्ने
सङ्घीय संसद्को माथिल्लो सदनले बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनको मापन गर्ने भएको छ ।
शिक्षकका मागमा सरकार सकारात्मक : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार शिक्षकका माग सम्बोधन गर्न सकारात्मक रहेको बताउनुभएको छ । मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरुङले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकका माग सम्बोधन गरिने बताउनुभएको हो ।
आतङ्कवादविरुद्ध नेपाल–भारत एक
प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु काश्मीरमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान लिने गरी भएको आतङ्कवादी हमलाको कडा निन्दा गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँग बुधबार टेलिफोन वार्ता गर्दै उहाँले जम्मु काश्मीरमा भएको जघन्य आतङ्कवादी हमलाको कडा निन्दा गर्नुभएको हो ।
लोक सेवाका दुई थरी सुझावले अन्योल
संवैधानिक निकाय लोक सेवा आयोगले दिएको फरक फरक लिखित रायका कारण संसद्मा विचाराधीन सङ्घीय निजामती विधेयकमा कर्मचारीको अनिवार्य अवकाशको उमेरहदको विषय थप पेचिलो बनेको छ ।
बाँसको पुल तर्न बिस रुपियाँ
सिराहा र धनुषा जिल्लाको सीमामा रहेको कमला नदी तर्न हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलचालकले ४० रुपियाँ तिर्नुपर्ने बाध्यता छ ।
रघुजी पन्त शिक्षामन्त्री नियुक्त
रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएको छ । नेकपा (एमाले) नेता रघुजी पन्त प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गर्नुभएको हो।
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सामुदायिक विद्यालय सुचारु गर्न तीन पालिकाको आग्रह
शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको कारण तीन पालिकाले पठनपाठन सुचारु गर्न विद्यालयहरूलाई आग्रह गरेको छ ।
उपप्रधानमन्त्री सिंह र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबिच भेट
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गर्नुभएको छ ।
बसको ठक्करबाट वृद्धाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–३, लालभित्ती चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
महिलाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिलाहरूले अहिले पनि लैङ्गिक, सामाजिक र पारिवारिक रूपमा विभेद र हिंसा खेप्नु परेको बताउनुहुँदै गण्डकी प्रदेश सरकारले महिला हिंसा विरुद्ध आवश्यक नीति र स्रोत साधन परिचालन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ।
देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि...
शिक्षक आन्दोलन तीन साता पुग्न लाग्दै गर्दा शिक्षामन्त्री विद्या भट्टराईले एकाएक राजीनामा दिनुभएको छ ।
उत्तरी गोरखाको नामरुङमा पदमार्ग निर्माण
उत्तरी गोरखाको नामरुङमा पर्यटन प्रवर्धन गर्न पदमार्ग निर्माण सुरु गरिएको छ ।
जुम्लाका ३५ हजार बढी विद्यार्थीको पठनपाठन प्रभावित
शिक्षक अन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । गत चैत २० गतेदेखि शिक्षक आन्दोलनकै कारण जुम्लामा २१ दिनदेखि पूर्ण रूपमा विद्यालयमा पठनपाठन ठप्प भएको हाे ।