• १० वैशाख २०८२, बुधबार

बसको ठक्करबाट वृद्धाको मृत्यु

blog

विजयकुमार साह 

ढल्केबर, वैशाख १० गते । धनुषाको मिथिला नगरपालिका–३, लालभित्ती चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। बुधबार ४ बजे बसको ठक्करबाट सोही ठाउँकी ७४ वर्षीया दुर्गादेवी महतोको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ५ ख. ६१०० नम्बरको बसले वृद्धा महतोलाई ठक्कर दिएको थियो । घटनास्थलको मुचुल्का तयार पारिएको र शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जानकारी दिनुभयो । 

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।