भरतपुर अस्पतालमा सेवा विस्तार,छ विशिष्टीकृत सेवा सञ्चालन हुने
स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालमा विभिन्न छ वटा विशिष्टीकृत सेवा यसै महिनाबाट सुरु गर्ने तयारी गरेको छ । काठमाडौँको वीर अस्पतालपछि धेरै बिरामीको चाप थेगिरहेको भरतपुर अस्पतालमा छ वटा सेवा विस्तार गरेर राजधानी जानुपर्ने बाध्यताको अन्त्य गर्ने तयारी गरिएको हो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा विशिष्टीकृत सेवा सञ्चालनको अन्तिम तयारी रहेको जानकारी दिनुभयो ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का सदस्य मुलुकबिच भविष्यका महामारीको सामना गर्नेसम्बन्धी सम्झौतामा कहिले सम्झौता भएको हो ? सन् २०२५ अप्रिल १६ – कोभिड–१९ को समयमा गरिएका गल्ती नदोहोर्याइ भविष्यका महामारीसँग जुध्ने उद्देश्यका साथ ऐतिहासिक सम्झौतामा सहमत भएका । – सम्झौताको मूल उद्देश्य रोगविरुद्ध औषधी कम्पनीसँग द्रुत साझे
परामर्श सेवाको महत्त्व : विषयगत प्रश्नोत्तर
परामर्श सेवा भनेको के हो ? उदाहरणसहित स्पष्ट पार्दै यसको महत्त्व उल्लेख गर्नुहोस् । नेपालमा सार्वजनिक खरिद कानुनले परामर्श सेवा खरिद कार्यको लागत अनुमान तयारी र स्वीकृति सम्बन्धमा गरेको विविध व्यवस्था उल्लेख गर्नुहोस् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
नयाँघरेलाई सम्मान
नियात्राकार युवराज नयाँघरेलाई थाइल्यान्डको राजधानी बैङ्ककमा सम्मानित गरिएको छ । थाई नेपाली सङ्घ, बैङ्कक शाखाले आयोजना गरेको कार्यक्रममा साहित्यका विविध विधामाथि अन्तरसंवादसमेत भएको थियो ।
‘पाउलो’ चीनको अवार्डमा छनोट
नेपाली लघुचलचित्र ‘पाउलो’ (दी सुज) चीनको स्मलरिग अवार्डको छनोटमा परेको छ ।
‘महाभोज’ को टिजर सार्वजनिक
चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ ।
आशा गरिएका पाँच चलचित्र
नयाँ वर्षको पहिलो साता नेपाली चलचित्रले हलहरूमा आशालाग्दो व्यापार गरेका छन् ।
एनसेल डाटा सेन्टर र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत
एनसेल डाटा सेन्टर र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत भएको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवाप्रदायक र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत गरेको हो ।
वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता
पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न रु. एक खर्ब बराबरको अधिकृत पुँजी र रु. २५ अर्बको चुक्ता पुँजी रहने गरी वैकल्पिक विकास वित्त कोष स्थापना गर्न विधेयक संसद्मा दर्ता भएको छ ।
घिरौँला, सिमी र गोलभेँडामा बढी विषादी
देशकै ठुलो तरकारी बजार कालीमाटीमा पछिल्ला दिनमा भित्रिएका ताजा तथा हरिया तरकारीमा विषादीको मात्रा अधिक प्रयोग भएको भेटिएको छ ।
काउलीमा उनान्सय प्रतिशतभन्दा बढी विषादी !
सल्यानदेखि सुर्खेत ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी पाइएको छ ।
गर्मी बढेसँगै घाममा नहिँड्न सुझाव
दुई दिन अघिसम्म हल्का वर्षाले चिसिएका नेपालका भूभाग यतिबेला ह्वात्तै बढेको तातोका कारण हपहपिएका छन् ।
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन बन्ने
नेपाल र भारतबिच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि मङ्गलबार हस्ताक्षर भएको छ ।
कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्म स्थगित
राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भनेको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । विद्यालयका शिक्षक कर्मचारीको असहयोगका कारण बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
साइकल लेनसहित सौराहा सडक
चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रको सौन्दर्यीकरणका लागि आकर्षक सडक निर्माण गरिएको छ ।
गुल्मीमा गरिब परिचयपत्र वितरण
गुल्मीमा गरिब परिचयपत्र वितरण सुरु भएको छ । जिल्लामा अति गरिब परिवार एक हजार ९३३, मध्यम गरिब परिवार दुई हजार ६१० र सामान्य गरिब परिवार दुई हजार ५५९ गरेर सात हजार १०२ परिवार रहेका छन् ।
प्रशासन कार्यालयमा सहज सेवाका लागि टोकन
सेवाग्राहीलाई सहज र सेवा छिटो उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय बाँकेमा विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सेवाग्राहीको बढी चाप हुने शाखामा टोकन प्रणालीको सुरुवात गरिएको जानकारी दिनुभयो ।
वैकल्पिक सडक निर्माण, पाँच वर्षमा ७५ प्रतिशत काम
दाङमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्पर सञ्चालनका लागि निर्माणाधीन वैकल्पिक मार्गको करिब ७५ प्रतिशत काम सकिएको छ ।
बाँसको पुल तर्न २० रुपियाँ
सिरहा र धनुषा जिल्लाको सिमानामा रहेको कमला नदी हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलाई बाँसको पुल तर्न २० रुपियाँ लाग्छ।
१५ करोडभन्दा बढीको पाठ्यपुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८२ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ ।
एमसिए नेपालद्वारा ४०० केभी दमौली सब स्टेसनको निर्माण सुरु
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सब स्टेसन निर्माण सुरु गरेको छ ।
लोप हुँदै परम्परागत 'कोल'
सुदूरपश्चिमका पहाडी गाउँमा चिउरी र तोरी पेल्न प्रयोग हुने ‘कोल’ लोप हुन थालेको छ । परम्परागत साधन लोप हुँदै गएपछि ग्रामीण भेगका चिउरी कृषकले समस्या खेप्नु परेको सुर्नया २ का मोहन बहादुर बिष्टले बताउनुभयो ।
खोटाङमा आठ रोपनी जग्गामा क्रिकेट मैदान बन्दै
खोटाङमा पहिलो पटक क्रिकेट खेल मैदान निर्माण गरिएको छ । जिल्लाकै पहिलो क्रिकेट मैदान दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको काफ्लेगाउँमा निर्माण गरिएको हो ।